Friday March 29, 2024 | |

अरिङ्गाल पछि प्रधानमन्त्रीको ‘मौरी’ मोह

featured-news

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकताहरुलाई मौरी जस्तै मेहनती बन्न निर्देशन दिएका छन् । वाम नेतृ साहाना प्रधानको चौथो स्मृतिसभालाई केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मौरीझैँ मेहनत गर्न सके मात्र देश विकास हुने बता बताएका हुन् ।

केही दिन पहिले ओलीले सरकार विरुद्ध अभिव्यक्ति दिनेलाई अरिङ्गाल बनेर आक्रमणमा उत्रिन नेकपा पार्टी पङ्क्तिलाई निर्देशन दिएका थिए । उक्त अभिव्यत्तिको चर्को आलोचना भएपछि उनले कार्यकर्तालाई माहुरी बन्न निर्देशन दिएको अभिव्यक्ति आएको हो । कार्यक्रममा उनले अरिङ्गालको प्रसङ्ग पनि निकालेका थिए । अरिङ्गालको प्रशंगले हल हाँसोले गुञ्जियो । ‘मलाई फेरि अरिङ्गाल भन्यो भन्लान्, अरिङ्गाल भन्नै लागेको थिए, आज चाहिँ माहुरी भन्छु।’

उनी मुस्कुराउँदै भने ‘अब कर्मी महुरीले झैँ हामी एकजुट भएर काममा लाग्नुहोस् । सबैको संयुक्त मेहनतले देश निर्माण हुन धेरै समय लाग्दैन । मैरीको मह अरूले खोसेर खाइदिन्छन्, हामीले आर्जन गरेको मह बाँडेर खान्छौँ ।’

प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थ भन्दा देशको स्वार्थलाई केन्द्रमा राखेर काम गर्न सबैलाई सुझाएका छन् । उनले विगतमा वामपन्थीको भूमिकालाई निस्तेज पार्ने प्रयास भएकोले देश लामो समय पछाडि परेको समेत बताए । “वामपन्थीको भूमिकालाई काँग्रेसले स्विकारेको भए ०१७ सालमा पञ्चायत स्थापना हुन सक्ने थिएन” प्रधानमन्त्री ओलीले भने “फेरी पनि वामपन्थी सुझाव मानेको पञ्चायत यती लामो समय रहने थिएन । ”

नेपालको वामपन्थी आन्दोलनमा साहाना प्रधानको भूमिका अग्रणी रहेको प्रधानमन्त्री ओली बताए । साहानालाई महिला आन्दोलनकी नेतृको रूपमा हेर्नु उपयुक्त नहुने प्रधानमन्त्रीको भनाइ छ ।

बाड्ने गरी देशमा मह उल्पादन गर्ने । उनले बताए शन्ति प्रक्रियाला एउटा प्रक्रिया नयाँ शिलकार्यक्रममा ओलीले नेपालको राजनीतिक जागरण र परिवर्तनको आन्दोलनमा सहाना प्रधानको असाधारण योगदान रहेको बताए। उनी महिला नेतृ मात्र नभएर नेपालको सामाजिक आन्दोलन र सामाजिक परिवर्तनको आन्दोलनको नेतृत्वदायी नेता भएको प्रधानमन्त्रीको भनाइ थियो।

राणाशासनको अन्धकार युगमा उनीहरू आन्दोलनमा उत्रिनु र ८७ वर्षको उमेरसम्म बाँच्नु सामान्य कुरा नभएको पनि उनले बताए।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार