Saturday April 20, 2024 | |

मुटुको अप्रेशनका क्रममा गलत रगत चढाउँदा गंगालालमा बालिकाको मृत्यु

featured-news

काठमाडौं– मुटुको भल्भ फेर्ने क्रममा गलत समूहको रगत चढाउँदा एक जना बालिकाको ज्यान गएको छ ।

बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा वैशाख १३ गते उपचारका लागि भर्ना गरिएकी सर्लाहीकी ५ वर्षीया बालिका आकृति कुमारीको वैशाख १७ गते मुटुको भल्भ फेर्न ओपन हार्ट सर्जरी गरिएको थियो । उनको आज विहान निधन भएको हो ।

अप्रेशन गर्ने क्रममा गलत समूहको रगत चढाउँदा उनको निधन भएको पारिवारीक श्रोतले जानकारी दियो ।

‘ओ’ पोजेटिभ रगत चाहिने ठाउँमा ‘ए’ पोजेटिभ रगत चढाएपछि बालिकाको मृत्यु भएको आफन्तको भनाइ छ ।

बालिकाको मृत्यु भएपछि अस्पतालमा बैठक बसिरहेको छ । बालिकाको शव आफन्तलाई जिम्मा लगाइएको छैन ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार