Thursday April 25, 2024 | |

नेकपामा एकता प्रक्रियालाई पूर्णता दिन उच्चस्तरमा छलफल

featured-news

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पार्टी एकता प्रक्रिया र कार्य विभाजनलाई पूर्णता दिन उच्चस्तरमा छलफल शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको पार्टीको सचिवालय बैठकमा केन्द्रीय कमिटीको कार्य्विभाजनबारे छलफल शुरु भएको छ । 

कार्य विभाजनबारे सचिवालय सहमति नजिक पुगेको र बुधबार बस्ने सचिवालय बैठकले टुङ्गोे लगाउने बताइएको छ । 

बैठकपछि पत्रकारसँग कुरा गर्दै सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा केन्द्रीय कमिटीको कार्य्विभाजनबारे छलफल भए पनि टुङ्गो नलागेको र बुधबार पुनः बसेर त्यसलाई टुङ्गो लगाउने सहमति भएको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा सुरेशकुमार यादवले लेखेका छन् । 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार