Thursday April 25, 2024 | |

विमान दुर्घटनामा ब्राजिलकी लोकप्रिय गायिका मारिलियाको निधन

featured-news

रियो द जेनेरियो (अमर उजाला) – ब्राजिलकी लोकप्रिय गायिका मारिलिया मेण्डोंकाको शुक्रबार एक विमान दुर्घटनामा निधन भएको छ । ‘द क्वीन अफ सफरिङ’ नामले परिचित ‘ल्याटिन ग्रामी’ विजेता मारिलिया केवल २६ वर्षको थिइन् ।

कन्ट्री म्यूजिकको लोकप्रिय युवा स्टारमध्ये एक मारिलिया ब्राजिलमा नै हुने एक सांगीतिक कार्यक्रममा सहभागिता जनाउन गएकी थिइन् । उनको विमान ब्राजिलको गोइयानिया शहरबाट कैरेटिंगा जाँदै थियो । दुर्घटनामा गायिकाका अलावा अन्य चार व्यक्तिको पनि निधन भएको छ । जसमा उनको एक काका पनि थिए । विमानमा एक निर्माता र अन्य दुई विमानका क्रु सदस्य थिए । विमान के कारणले दुर्घटनामा पर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

मारिलियाले शुक्रबार बेलुका ब्राजिलको कैरेटिंगामा सांगीतिक प्रस्तुति दिने कार्यक्रम थियो । गायिकाले घटना हुनुभन्दा केही समय अघि एक भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । जुन भिडियो अहिले भाइरल भइरहेको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार