Thursday March 28, 2024 | |

कान्ति वाल अस्पतालको हरिविजोग, आकस्मिक सेवा लिन समेत घण्टौं लाइन बस्न बाध्य सर्वसाधारण

featured-news

मासिक २० लाख रुपैयाँ भन्दा बढी घाटामा

काठमाडौं । कान्ति बाल अस्पताल, संभवत: नेपालकै पहिलो सरकारी बाल अस्पताल । लाग्छ त्यहाँको उपचार सेवा चुस्त दुरुस्त हुन्छ, अनि हुनुपनि पर्छ । तर, तपाईंको अनुमान र अस्पतालको वास्तविकता भने फरक छ । कहिले चिकित्सक आन्दोलन, कहिले अस्तव्यस्त व्यवस्थापन त कहिले बजेट अभाव, यो या त्यो कुनैपनि बाहाना बनिरहन्छ त्यहाँ । यद्यपी महङ्गो निजी अस्पताल पुग्न नसक्ने सर्वसाधारणको भिड भने सँधै नै हुन्छ । तर विडम्बना, अस्पताल अहिले सरकारको चरम बेवास्ताका कारण भद्रगोल बनेको छ ।
यति सम्मकी अत्यन्तै गम्भीर र अकस्मात हुने स्वास्थ्य समस्याका लागि छुट्याइएको आकस्मिक कक्षमै उपचारका लागि ३ देखि चार घण्टा सम्म कुर्नुपर्ने अवस्था छ । सेवाग्रहरीको चौतर्फी गनुासो पछि बास्तविकता बुझ्न हाम्रो टोली अस्पताल पुग्दा आकस्मिक सेवा कै लागि थुप्रै विरामी लाईनमा पालो कुरेर बसेका थिए । उनिहरुले हामी सँग उपचार नै नपाएको गुनासो पोखे ।
विरामीले वेड पाउँदा युद्ध जिते सरह
यो अस्पतालमा नवजात शिशुका लागि १६ ओटा शैया छन । एक महिनाभन्दा माथिका वालवालिकाका लागि १२ शैया छन् भने सल्यक्रिया गर्नुपर्ने वालवालिका लागि ७ वटा मात्र शैया छन् । २ शैया आईसोलेसनका लागि छुट्याइएको छ । जहाँ संक्रामक रोग लागेका तथा छुट्टै राखेर उपचार गर्नुपर्ने विरामी वालवालिका राखिन्छ । तर यो वार्डमा उपचारका लागि वेड पाउनु युद्ध जिते सरह हुन्छ ।
अहिले पनि यही वार्डमा राख्नका लागि गम्भिर विरामी भएर आएका ५६ जना वालवालिकाका अभिभावकले वार्ड वुकिङ गरेर पालो पर्खेका छन् । ४० जना बालवालिकाका अभिभावकले पीआईसियु र २४ नवजात शिशुका अभिभावकले एनआईसियु वुकिङ गरेका छन् । हामीले अस्पतालको यो हालत वारे निर्देशक डा. गणेशकुमार राई सँग जिज्ञासा राख्यौं । सबै निकायलाई गुहार्दा समेत पार नलागेपछि थकित देखिएका निर्देशक डा. राई अब वोल्नु र गुनासो सुनाउनुको औचित्य सकिएको भन्दै पन्छिए । बर्षेनी लाखौं बालबालीकाले पुर्नजिवन पाउने यो अस्पतालमा जनशक्ति, वजेट र उपकरणको अभाव छ । आर्थिक अवस्था कमजोर भएका र राजनीतिमा पहुंच नभएकाहरुले उपचार पाउने अवस्था छैन ।
मासिक २० लाख घाटामा
हुनपनि अस्पताल प्रशासनका अनुसार, यो अस्पताल अहिले मासिक करिब २० लाख रुपैयाँ घाटामा छ । स्वास्थ्य मन्त्रालयबाट प्रतिबद्धता अनुरुप बजेट निकासा नहुँदा उपचार सेवा प्रवाहका क्रममा भएको घाटा अस्पताल प्रशासनले थेग्नै नसक्ने अवस्थामा पुगेको छ । अस्पतालमा ५२ वटा बेड भए पनि अहिले ३४ बेडमात्र सञ्चालनमा छन् । सबै बेड सञ्चालनमा नभएका कारण अस्पताल पूरै घाटामा छ । एक त पैसाको अभाव त्यसमाथि अस्तव्यस्त व्यवस्थापन । यसले गर्दा न्यून आय भएका सर्वसाधारणको उपचार सेवा प्रभावित बन्दै गएको छ भने अर्कातर्फ सरकारी अस्पतालको सेवा प्रतिको वितृष्णा समेत बढ्दै गएको छ । स्वास्थ्यमा सर्वसाधारणको सहज पहुँच भनिएता पनि यस्ता विषयमा सरकारको ध्यान जान नसक्नु विडम्वना हो ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार