Saturday April 20, 2024 | |

कोरोना माहामारी पछि जम्मु काश्मीरमा पर्यटन चहलपहल बढ्यो

featured-news

पहलगम । जम्मु काश्मीर सरकारले कोभिड १९ को प्रतिबन्धहरु खुकुलो बनाएपछि आन्तरिक पर्यटकहरु भित्रिन थालेका छन् ।

जम्मु काश्मीरमा कोभिड १९ को प्रतिबन्धहरु खुकुलो बनाए सगैँ पहलगम क्षेत्रमा आन्तरिक पर्यटकहरु आउन थालेका छन् । पहलगम क्षेत्रमा आन्तरिक पर्यटकहरु परिवार र साथिभाईसँग रमाईलो गर्न घुम्न आउने क्रम बढेको छ । पहलगम स्थित घोड सवारी गर्ने र लिद्दर नदी घुम्न आउने पर्यटकहरुको संख्या वृद्धि भएको छ ।

पर्यटन क्षेत्रका स्थानीयहरुले कोभिड १९ को प्रतिबन्ध खुकुलो बनाउने सरकारको कदमलाई स्वागत गरेका छन् । पञ्जाब बाट आएका एक पर्यटकले हाल जम्मु काश्मीरको मौसम अनुकुल रहेको कारण घुम्न आएको बताए । भारतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहरपछि जम्मु काश्मीर सरकारले पर्यटनलाई लक्षित गर्दै प्रतिबन्धहरु खुकुलो बनाउदै लगेको छ । स्रोत जी फाईभ

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार