Thursday April 18, 2024 | |

विश्वकप क्रिकेटमा भएका बिर्सन नसकिने विवादहरु

featured-news

काठमाण्डाै - आईसीसी विश्वकप क्रिकेटका लागि सहभागी हुने १० टिमले अहिले तयारी गरिरहेका छन् । विश्वकप सबैका लागि चासोको विषय पनि हो ।

खेलमा विवाद नहुने भन्ने कुरै आउँदैन् । अन्य खेलको तुलनामा क्रिकेट अनुशासित खेल पनि मानिन्छ । तर यो खेल पनि विवादरहित भने छैन् । 

विश्वकप क्रिकेटमा भएका विर्सन नसकिने विवादहरुबारे चर्चा गरौं ।

१. २००३ मा विश्वकपअघि भएको डोपिङ टेस्टमा प्रतिबन्धित पदार्थ प्रयोग गरेको अभियोगमा अस्ट्रेलियाका शेन वार्नले प्रतियोगिता छाड्नु परेको थियो ।

त्यसपछि उनी दक्षिण अफ्रिकाबाट घर फर्किए । प्रतियोगिता छाड्नु परेका वार्नलाई १ वर्षको प्रतिबन्ध पनि लागेको थियो । त्यतिबेला शेन वार्न उम्दा फर्ममा थिए ।

उनको वर्हिगमन अस्ट्रेलियाका लागि प्रतियोगिताअघि ठूलो झड्का लाग्यो । तर रिकी पोन्टिङको कप्तानीमा रहेको अस्ट्रेलियाले सम्हालिएर प्रदर्शन मात्रै गरेन अन्ततः ट्रफी नै कव्जा गरेको थियो ।  

२. २००७ को विश्वकपमा आयरल्याण्डसँग पाकिस्तान पराजित भयो । पाकिस्तान ३ विकेटले पराजित भएको थियो ।

पहिला ब्याटिङ गरेको पाकिस्तान १३२ रनमा समेटिएको थियो भने डिएल मेथड अनुसार आयरल्याण्ड ३ विकेटले विजयी भएपछि पाकिस्तान प्रतियोगितबाट बाहिर भयो ।

त्यस खेलपछि पाकिस्तानका कोच बब बुल्मर बसेको होटेलमा मृत भेटिए । त्यस घटनाको जाँच भए पनि मृत्यु प्राकृतिक कारणले भएको पुष्टि भएको थियो ।

३. लिबरेशन टाइगर्स अफ तमिल इलम (एलटीटीई)ले कोलम्बोको सेन्ट्रल बैंकमा बम प्रहार गरेपछि सुरक्षाको कारण देखाउँदै वेस्टइण्डिज र अस्ट्रेलिया श्रीलंकामा खेल्न जान नमानेपछि त्यसको फाइदा घरेलु टोली श्रीलंकालाई भयो ।

उ समूह चरणकाे शीर्ष स्थानमा रहन सफल भयो र फाइनलमा अस्ट्रेलियालाई पराजित गर्दै विश्वकपको उपाधि नै जितेको थियो । जुन श्रीलंकाले जितेको पहिलो विश्वकप थियो ।

४. जिम्बाबेमा रोबर्ट मुगाबेको शासनले लोकतन्त्रको हत्या भएको भन्दै त्यसको विरोधमा खेलाडीहरु उत्रिए ।

त्यसको विरोधमा एन्डी फ्लावर र हेनरी ओलंगाले पत्रकार सम्मेलनमा प्रतियोगितामा हातमा कालो पट्टि बाँधेर खेल्ने घोषणा गरे । त्यस घटनापछि उनीहरुलाई अन्तर्राष्ट्रिय जगतबाट साथ पाए पनि विश्वकप भने छाड्नु परेको थियो ।

५. १९९२ मा विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिका र इंग्ल्याण्ड भिडेका थिए । दक्षिण अफ्रिकाले १३ बलमा २२ रन बनाउन बाँकी रहेकाबेला पानी पर्न सुरु भयो ।

सबैले यो खेलमा अफ्रिका फाइनलमा पुग्ने अपेक्षा गरेका थिए । तर पानीले प्रभावित गरेपछि नयाँ लक्ष्य सेट हुँदा ७ बलमा २२ रन दिइयो ।

पानीले फेरि प्रभावित गरेपछि अन्तिम लक्ष्य १ बलमा २२ रन थियो । जुन क्रिकेटमा कहिल्यै संभव हुँदैन । जसले दक्षिण अफ्रिकालाई जाेकर बनाउन थप पर्‍याप्त भयो ।

६. १९९६ को सेमिफाइनलमा भारत र श्रीलंका भिडेका थिए । भारतका खेलाडीहरु लगातार आउट हुँदा सचिन तेन्दुलकर क्रिजमा डटेका थिए ।

उनी पनि ६५ रन बनाएर पेभेलियन फर्किए । भारतको पारी ३४ ओभरको खेल चल्दा २ विकेट मात्रै बाँकी थियो । त्यसपछि इडन गार्डेनमा खेल हेर्न पुगेका भारतीय दर्शकले बोटल फाल्न सुरु गरे भने सिट पनि निकालेर फाल्न खोजेका थिए । त्यसपछि खेल नै रोक्नु परेको थियो भने खेल सकिनु अगावै श्रीलंकालाई विजेता घोषणा गरिएको थियो ।

७. १९९९ मा भएको विश्वकप पनि विवादित बन्यो । भारतविरुद्धको खेलमा हेन्सी केन्येले इरफोनमा पाकिस्तानका कोच बब बुल्मरसँग कुरा गरेको भेटिएपछि भारतीय कप्तान सौरभ गांगुलीले अम्पायर लाई सूचीत गरेका थिए ।

जसका कारण क्रोन्येले इयरफोन निकाल्न परेको थियो । प्रतियोगिताका दौरान अरु कुनैसँग कुरा गर्नु खेल भावना विपरित पनि हो ।

८. २००७ को विश्वकपका बेला इंग्ल्याण्डका उप कप्तान थिए एन्ड्रयू फिलिपटफ । उनी रक्सी खाएर हल्लिएको अवस्थामा फेला परेका थिए ।

त्यतिबेला उनी बोटबाट पनि खसेका थिए । जसका कारण उनले उप कप्तानबाट राजीनामा दिनु परेको थियो ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार