Friday March 29, 2024 | |

एटीएम मेसिन तोडफोड गर्ने एक जना पक्राउ

featured-news

काठमाडौँ– काठमाडौँको भाटभटेनी चोकमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम मेसिन तोडफोड गर्दै गर्दा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा डडेलधुरा सेतीबेशी गाउँपालिका–४ घर भएका २१ वर्षीय दिनेश क्षेत्री रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार बुधबार राति बैंकको एटीएम तोडफोड गर्दै गरेको अवस्थामा क्षेत्रीलाई पक्राउ गरिएको हो ।

अहिले घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार