Friday April 19, 2024 | |

रौतहटमा दुई दिदी बहिनीमाथि एसिड प्रहार, एसिड हान्ने व्यक्ति पक्राउ गर्न चुक्यो प्रहरी

featured-news

पीडितको अवस्था गम्भिर, उपचारमा समस्या

रौतहट, चन्द्रपुर नगरपालिकामा बस्ने एउटा सामान्य परिवार । जुन परिवारमा एक्कासी सोच्नै नसकिने ठूलो बज्रपात आईलाग्यो । घटना, भदौ २६ गतेको हो । राति सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले एकै घरका दुई दिदीबहिनीमाथि एसिड प्रहार गर्‍यो अनि, फरार भयो । एसिड लागि चन्द्रपुर ६ बजारटोलका १८ वर्षीया सम्झनाकुमारी दास र १५ वर्षीया सुस्मिता कुमारी दास गम्भिर घाइते बने ।
यस्तो थियो घटना
सम्झना र सुस्मिता तीजको अघिल्लो दिन साँझ परिवार माझ खाना खाएर आफ्नो कोठामा सुत्न गए । घरमा आमा र कान्छी बहिनी पनि थिए । बुबा र भाइ भने सधैंजस्तो आफ्नो काम गर्ने ठाउँ पुलहाउसमा सुत्न गएका थिए । राति १२ बजे सम्झना बेस्सरी चिच्याएपछि सुस्मिता ब्युँझिइन् । दिदीलाई के भयो भनेर सोध्नसमेत नपाई उनको पनि पाखुरामा आगो लगाएजस्तो गरी पोल्यो । शरीरमा फैलिएको पीडा सहन नसकेर दिदीबहिनी दौडेर आागनको धारामा रुँदै नुहाउन थाले । घटनाबारे बुबा जादोलाललाई तत्काल खबर भयो । उनि घर पुग्दा छिमेकीहरु पनि जम्मा भइसकेका थिए । घटना बारे अन्जान रहेका उनि, तेजाब हानेको भन्ने सुनेपछि अत्तालिए । यति सम्मकी एम्बुलेन्सलाई समेत फोन गनए सकेनन् । अनि दुई दिदी बहिनीलाई नै एउटै स्कुटरमा राखेर अस्पताल पुगे । जिल्लाको चन्द्रपुर अस्पतालमा उपचारका सम्भव नभएपछि उनीहरू सोही रात काठमाडौं रेफर गरियो । त्यसपछि परिवारले यिनीहरुलाई कीर्तिपूर अस्पतालमा ल्याएर उपचार गराइरहेका छन् ।
घाइतेको अवस्था गम्भिर
उपचारमा संलग्न चिकित्सक डा. सुरेन्द्र बस्नेतका अनुसार, दुई मध्य सम्झनाको अवस्था निकै गम्भीर छ । यिनको शरीरको ३५ प्रतिशत भाग जलेको छ, घाउ पनि निकै गहिरो छ । एसिडले अनुहार, घाँटी, ढाड र छातीको भाग जलेको छ । यिनी अहिले भेन्टिलेटरमा छिन् । होस् चाहीं गुमेको छैन तर बोल्न, खान या केही प्रतिक्रिया दिन भने सक्दिनन् । सुस्मिताको भने अवस्था सुधारउन्मुख छ । एसिडले उनले दाहिने हत्केलादेखि काखीसम्म पूरै जलेको छ । उनलाई आकस्मिक वार्डमा राखेर उपचार गरिएको छ । डा. बस्नेतका अनुसार, २० प्रतिशतभन्दा बढी जलेका बिरामीको ज्यान जाने जोखिम बढी हुन्छ त्यसमाथि एसिडको चोट झनै खतरनाक हुन्छ ।
घटना कसले गर्‍यो रहस्यमै
राति घरमै आएर कसले एसिड हानेको भन्नेबारे पीडितका परिवार अनविज्ञ छन् । उनीहरूले गाउँकै प्रहरी कार्यालयमा खबर गरेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको आफूलाई बताएको पीडितका बुबा आमाको भनाई छ । अहिले यिनीहरु अपराधीलाई छिटो भन्दा छिटो कारबाही होस् भन्दै न्यायको भिख मागिरहेका छन् । सामान्य परिवारका यीनिहरुमाथि कसले र किन एसिड आक्रमण गर्‍यो रहस्यमै छ । यद्यपी गाउँमा जग्गा विषयमा केही व्यक्तिसँग सामान्य विवाद चलेको जादोलालको भनाई छ । त्यसबाहेक ठूलो विवाद र झगडा पनि कसै सँग थिएन । समाजमा यी यस्ता अपराधिक गतिविधी बढ्दै जादाँ अपराधशास्त्री प्रा. माधवराज आचार्य भने असक्षम प्रहरी, सरकारको गैरजीम्मेवार व्यवहारले गर्दा भ्रष्ट्रचारीले प्रोत्साहन पाएको र अपराधीको मनोबल बढेको ठान्छन् । हुनपनि पछिल्लो समय समाजमा अपराधका रुप र शैली फेरिई रहेका छन् । तर अनुसन्धान गर्ने र अपराधीलाई कठ्घरामा उभ्याउंदै पीडितलाई न्याय दिने जिम्मेवारी बोकेको प्रहरी आफैं अपराधका घटनामा मुछिएका छन् । यस्ता घटनाले समाजलाई झनै त्रसित र आतंकीत बनाएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार