Friday April 19, 2024 | |

बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या ६५ पुग्यो, ३० बेपत्ता

featured-news

काठमाडौं । पाँच दिनदेखिको वर्षापछि आएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म देशभर ६५ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बाढी र पहिरोमा परेर २४ महिला र ४१ पुरूषको मृत्यु भएको हो । यस्तै बाढीपहिरोमा परी १७ महिला र २१ पुरुष गरी ३८ जना घाइते छन् । १८ पुरुष र १२ महिला गरी ३० जना हालसम्म बेपत्ता रहेको प्रहरीले जनाएको छ । बाढी र पहिरोबाट एक हजार ४ सय ४६ जनाको सकुशल उद्धार गरिएको प्रहरीको भनाइ छ । बाढी पहिरो र डुबानका कारण विशेषगरी तराई मधेसको जनजीवन अत्याधिक प्रभावित भएको थियो ।

बाढीबाट भएको मानवीय क्षतिबारेको विवरण हेर्नुहोस् 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार