Friday April 26, 2024 | |

सुनसरीमा प्रधानाध्यापकको गोली हानी हत्या, एक प्रहरी घाइते

featured-news

काठमाडौं – सुनसरीको भुताहामा भारतबाट आएको समूहले गोली प्रहार गरेर स्थानीय प्रधानाध्यापक हजिद कुर्सिद अन्सारीको हत्या गरिएको छ ।

सीमा क्षेत्रमा पर्ने क्षेत्रमा भारतबाट २ वटा मोटरसाइकलमा आएका चार जनाको समूहले प्रधानाध्यापकलाई गोली प्रहार गरेको जनाइएको छ । अन्सारीको टाउकोमा गोली प्रहार गरिएको छ ।

अन्सारीको हत्या गरेर भारततिर गइरहेका अभियुक्तलाई प्रहरीले सीमा क्षेत्रमा रोक्न खोज्दा उक्त समूहले प्रहरीमाथि पनि गोली प्रहार गरेर फरार भएको छ । भाग्ने क्रममा रहेको उक्त समूहको गोली लागेर एक जना प्रहरी समेत घाइते भएका छन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार