Thursday March 28, 2024 | |

राष्ट्रिय खेलकुदमा नेपाली सेना अग्रस्थानमा

featured-news

सुनसरी । पूर्वाञ्चलमा जारी सातौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबारसम्म सम्पन्न खेलमा एक सय ३४ स्वर्ण, एक सय ३४ रजत तथा एक सय ९७ कास्यसहित कुल चार सय ६४५ पदकको छिनोफानो भइसकेको छ । हालसम्म नेपाली सेनाले ६५ स्वर्ण, ३५ रजत तथा २१ कास्य पदकसहित एक सय २१ पदक प्राप्त गर्दै अग्रस्थानमा रहेको छ । यस्तै नेपाल प्रहरी २४ स्वर्ण, २२ रजत र २५ कास्यसहित ७१ पदकका साथ दोस्रो तथा सशस्त्र प्रहरी १८–८ स्वर्ण र रजत तथा २९ कास्यसहित ६५ पदकले तेस्रो स्थानमा छ ।

बास्केटबल
बास्केट बल महिलातर्फका प्रतिस्पर्धामा मध्यमाञ्चल विजेता बनेको छ । धरानमा सोमबार सम्पन्न फाइनलमा मध्यमाञ्चलले विभागीय टोल नेपाली सेनालाई ४०–२७ अंकले पराजित ग¥यो । मध्यमाञ्चलका लागि एलिना गुरुङले १३ अंक जोडिन् । यस्तै मध्यपिश्चमाञ्चलले पूर्वाञ्चललाई ३४–७ अंकले हराउँदै कास्य पदक पायो । पुरुषतर्फ मध्यमाञ्चल पूर्वाञ्चललाई ६२–५८ तथा पश्चिमाञ्चल मध्यपश्चिमाञ्चललाई १०६–५४ अंकले हराउँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

कराँतेमा मुकुन्द्रद्वारा ह्याट्रिक
सशस्त्र प्रहरीका मुकुन्द्र महर्जनले राष्ट्रिय खेलकुद प्रतियोगितामा लगातार तीन स्वर्ण जित्दै सोमबार ह्याट्रिक गर्नुभएको छ । उहाँले सोमबार कराँतेको ६७ किलो तौलमा स्वर्ण पदक जित्नुभएको हो । मुकुन्द्रले यसअघि पाँचौँ र छैटाँैं राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्नुभएको थियो । सो प्रतिस्पर्धामा सुदूरपश्चिमका मोहमद शेखु आलमले रजत तथा नेपाल प्रहरीका भूपेन्द्र खड्का र मध्यमाञ्चलका विशाल पौडेलले कास्य पदक जित्नुभयो । कराँतेकै पुरुष ६० किलो तौलमा नेपाल प्रहरीका रवीन्द्र कार्कीले स्वर्ण, एपिएफका मोहन कार्कीले रजत तथा मध्यमाञ्चलका राजकुमार रसैली र मध्यपश्चिमका प्रकाश घर्ती मगरले कास्य पदक पाउनुभयो । पचहत्तर किलोमा सेनाका सुभाष घतानेले स्वर्ण, प्रहरीका गंगाराम कसुवारले रजत तथा एपिएफका वीरबहादुर रनेली र पूर्वाञ्चलका सन्त राईले कास्य पदक जित्नुभयो । यस्तै पुरुष ८४ किलोमुनिको तौलमा प्रहरीका दिवस श्रेष्ठले स्वर्ण, पश्चिमाञ्चलका सुनित घर्ती मगरले रजत तथा पूर्वाञ्चलका ईश्वर माझी र सशस्त्रका भीमबहादुर तामाङले कास्य पदक पाएका छन् ।

यसैगरी महिलातर्फ ५० किलो तौलमा सशस्त्रका अनु अधिकारीले स्वर्ण, सेनाका मिस्ली श्रेष्ठले रजत तथा पूर्वाञ्चलका जीना सुब्बा र मध्यपश्चिमका मुस्कान शाहीले कास्य पदक जित्नुभयो । पचपन्न किलो तौलमा सशस्त्रका मनिषा चौधरीले स्वर्ण, पूर्वाञ्चलका रमिता थापाले रजत तथा पश्चिमाञ्चलका पूजा दर्नाल र प्रहरीका मलिका थापाले कास्य पदकमा चित्त बुझाउनुभयो । यस्तै ६१ किलोमा सशस्त्रका सपना लामालाई स्वर्ण, प्रहरीका सुनिता महर्जनलाई रजत तथा पश्चिमाञ्चलका अनु गुरुङ र मध्यपश्चिमका प्रतीक्षा बिसीलाई कास्य पदक प्राप्त भयो । अठ्सठ्ठी किलोमुनिको तौलमा प्रहरीका विभूषा थापाले स्वर्ण, प्रहरीकै अनुपमा थापाले रजत तथा पूर्वाञ्चलका मिसदोना राई र मध्यमाञ्चलका पूजा खनालले कास्य जित्नुभयो । अठसठ्ठी किलोमा सशस्त्र प्रहरीका कल्पना बस्नेतले स्वर्ण, सेनाका रीता कार्कीले रजत तथा मध्यमाञ्चलका रोजिता रञ्जित र प्रहरीका मनिता मोक्तानले कास्य पदक जित्नुभयो । कराँतेतर्फ १७ स्वर्ण पदकका लागि भएको खेलमा सशस्त्र प्रहरीले आठ, नेपाली सेनाले पाँच तथा नेपाल प्रहरीले चारस्वर्ण पदक प्राप्त गरेका छन् ।

फुटबल
पुरुष फुटबलमा नेपाल प्रहरी र मध्यमाञ्चल सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘ख’ बाट प्रहरी विजेता तथा मध्यमाञ्चल उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् । धरानमा सोमबार पूर्वाञ्चलले पश्चिमाञ्चललाई ३– १ गोलले हराएपछि प्रहरी हेड ‘टु’ हेडका आधारमा समूह विजेता हुँदै सेमिफाइनल पुग्न सफल भएको हो । आज सशस्त्र प्रहरी र नेपाली सेनाबीच तथा सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलकाबीच खेल हुनेछ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार