Friday April 26, 2024 | |

नेपाल र स्पेन विच बृहत ब्यपार प्रबर्द्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर

featured-news

म्याड्रिड स्पेन, स्पेनको म्याड्रिडमा नोभेम्बर १ देखि ४ सम्म अयोजित बृहत प्रदर्शनी सम्पन्न भएको छ । बातावरण संरक्षण सांस्कृतिक सम्बन्ध आदन प्रदान तथा धार्मिक अन्तरसम्बन्ध थप विस्तार र व्यापार विस्तारका लागि यो प्रदर्शनी कोशेढुंगा सिद्ध हुने विश्वास लिइएको छ । २३ देशको सहभागिता रहेको इफेमाको आयोजनामा सम्पन्न यस ब्यापार तथा सम्बन्ध विस्तार मेलामा नेपालको महिमा र महत्व झल्किने पर्यटन धार्मिक तथा सांस्कृतिक प्रदर्शनि तथा स्टलहरु पनि राखिएको थियो ।

IMG_1316
सोहि वृहत प्रदर्शनिकै क्रममा नेपाल चेम्बर्स अफ कमर्स र स्पेनको म्याड्रिड चेम्बर्स अफ कमर्स विच मेमोरेन्डम अफ अन्डरस्ट्यान्डी (एमओयू) मा हस्ताक्षर भएको छ । नेपाल चेम्बर्स अफ कमर्सका उपाध्यक्ष नरेश श्रेष्ठ र म्याड्रिड चेम्बर्स अफ कमर्सका सभापति एन्जेल एन्सेन्सीयो विच हस्ताक्षर भएको हो । यो महत्वपुर्ण हस्ताक्षर संगै नेपाल र स्पेन विच ब्यापार विस्तार तथा थप पर्यटन तथा सम्भाव्यता अध्ययनका लागि मार्ग खालेको छ ।

IMG_1302
सहमितपत्रमा हस्ताक्षर संगै चेम्बर्स अफ कमर्सका उपाध्यक्ष नरेश श्रेष्ठले ब्यापार प्रबद्र्धन, बातावरण तथा प्रकृतिको संरक्षण र सम्द्र्धन तथा अन्तर सांस्कृतिक सम्बन्ध आदान प्रदानका लागि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । समारोहमा म्याड्रिड महानगरपालिकाका उपमेयर लुइस क्वेटो, लब्ध प्रतिष्ठित, म्याड्रिडका व्यापार व्यवसायमा आवद्ध व्यवसायीहरु, नेपाली समुदायका मानिसहरु सहित २३ देशका नागरिक समेतको सहभागिता थियो ।

IMG_0756
म्याड्रिड चेम्बर्स अफ कमर्सका सभापति एन्जेल एसेन्सियोले म्याड्रिड र नेपाल विच सम्बन्ध विस्तार तथा व्यापार व्यवसाय तथा नागरिक विच आवतजावतका लागि यो सहमतिपत्र एउटा महत्वपूर्ण कोशेढुंगा सावित हुने विश्वास दिलाउनु भयो । प्रदर्शनीमा राखिएको नेपालको सांस्कृतिक, धार्मिक, पर्यटन, ब्यापार विस्तार लगाएतको स्टलले अवलोकनकर्ताको ध्यान आकृष्ट गरेको थियो ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार