Friday April 19, 2024 | |

अजरबैजान-आर्मेनिया द्वन्द्वलाई चर्काउन पाकिस्तानले चीनको साथ दिएको छ

featured-news

पछिल्ला केही वर्षहरूमा चीनले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई युरोपमा सहज पहुँच प्रदान गर्न सक्ने भन्दै देशहरूलाई आकर्षित गरेर सक्रिय रूपमा प्रवर्द्धन गरेको छ।

चाखलाग्दो कुरा के छ भने, गत दशकको धेरैजसो समयमा, बेइजिङले रूसलाई बाइपास गर्ने युरोपमा यातायात मार्गहरू निर्माण गरिरहेको देखिन्छ। यसकारण पनि मध्यपूर्व, चीन, रुस र युरोपबीचको लिंकको रूपमा काम गर्ने दक्षिण काकेशस क्षेत्रको ठूलो रणनीतिक महत्त्व छ र चीनले यो तथ्यलाई बीआरआईमार्फत मान्यता दिएको छ।

यस पहललाई अगाडि बढाउन बेइजिङले आर्मेनिया र अजरबैजान दुवैलाई सहयोग गरेको छ। तसर्थ, चिनियाँ प्रवर्द्धित ओभरल्याण्ड मार्गहरू मध्ये एक मार्ग क्यास्पियन सागर पार गरेर काजाकिस्तानबाट अजरबैजान र त्यसपछि जर्जिया, टर्की हुँदै अन्ततः युरोप पुग्दछ। अजरबैजानले चिनियाँ पूर्वाधार कनेक्टिभिटी परियोजनाहरूमा सक्रिय रूपमा भाग लिइरहेको बेला आर्मेनियाले पनि चीनलाई खुलापन देखाएको छ ।

आर्मेनियाले सन् २०१५ मा सिल्क रोड इकोनोमिक बेल्टको निर्माणमा सहयोगको प्रवर्द्धन गर्ने ज्ञापनपत्रमा हस्ताक्षर गरेको थियो। बेइजिङले दुवै देशलाई आफ्ना विवाद वार्ताबाट समाधान गर्न आह्वान गरेको छ । रूसले २०२० मा आर्मेनिया र अजरबैजान बीचको लडाई रोक्नको लागि युद्धविरामलाई सहयोग पुर्‍याउन अजरबैजानलाई आर्मेनियाली क्षेत्रबाट सडक प्रयोग गर्न नखचिवान एक्सक्लेभमा पहुँच गर्न अनुमति दिने प्रावधान समावेश थियो।

नख्चिभान र अजरबैजान बीचको करिडोरले बेइजिङलाई जर्जिया हुँदै दक्षिण काकेशसमा युरोप जाने दोस्रो मार्ग प्रदान गर्नेछ। यद्यपि, लामो समयदेखि चलेको आर्मेनिया रअजरबैजान द्वन्द्वले प्रायः गतिरोध ल्याइरहेको बताइन्छ । चीनलाई पक्ष छनोट नगरी अगाडि बढ्न गाह्रो हुन सक्छ। यस क्षेत्रमा संदिग्ध चिनियाँ कार्यहरूको बिचमा हालैका दिनहरुमा एकपक्षिय भएको आरोप पनि लागेको छ । अजरबैजानको सरकारले कथित रूपमा मकाउ (चीन) बाट आर्मेनियाको येरेवान पुग्न गोप्य सैन्य उडानको अनुसन्धान गरिरहेको छ।

पाकिस्तानले आफ्नो विमानस्थल मार्फत उडानको कथित सहजीकरण गरेपछि अजरबैजानलाई झन् चित्त नबुझेको बताइन्छ । आर्मेनियाका लागि हतियार बोकेको सैन्य विमान येरेभान जाने बाटोमा कराँची एयरपोर्टमा अवतरण गरेको थियो। अजरबैजानले पाकिस्तानमा आफ्नो राजदूतमार्फत इस्लामाबादसँग स्पष्टीकरण मागेको देखिन्छ।

अन्य मार्गहरू उनीहरूको निगरानीमा रहेकाले यो मार्ग छनौट गरिएको हो भन्ने अजरबैजान अधिकारीहरूले आशंका गरेका छन् । कश्मीर जस्ता विवादास्पद मुद्दामा पनि लामो समयदेखि पाकिस्तानलाई समर्थन गर्ने अजरबैजानका लागि चिनियाँ कदमलाई इस्लामाबादले प्रदान गरेको कथित सहयोग ले चकित पारेको छ ।

पाकिस्तानले यो मुद्दा हेर्ने र विवरणसहित अजरबैजान लाई रिपोर्ट दिने आश्वासन दिएको छ। तर, इस्लामावादले आफ्नो आइरन ब्रदर चीनसँग कायम राखेको असमान सम्बन्धलाई विचार गर्दा, अजरबैजानले इस्लामाबादबाट सार्थक जवाफको अपेक्षा गर्न सक्ने अवस्था पटक्कै छैन ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार