Friday April 19, 2024 | |

टेकुको पुल निर्माणमा पप्पु कन्सट्रक्सनको बदमासी, कसको आडमा मनोमानी मच्चाउँदै छ पप्पु ?

featured-news

काठमाडौं, काठमाडौंको टेकुस्थित निर्माणाधीन पुल अहिले ठेकेदार कम्पनिको बदमासीका कारण निर्माण नसकिंदै भत्काउनु पर्ने अवस्था देखिएको छ । पुल अनुगमनको जिम्मा पाएको काठमाडौं दिगो शहरी यातायात आयोजनाका अनुसार, निर्माण मापदण्ड विपरित भइरहेको छ । आयोजनाका ईन्जिनियर बेलबहादुर नेपाली भन्छन् – ठेकेदार कम्पनिले मापदण्डनै मानेको छैन । आफूखुसी काम गरिरहेको छ ।
केहि दिन अघि मात्र ढलान भएको ६० मिटर लामो यो पुलमा गडबडी देखिएपछि आयोजनाले तत्काल काम रोकेर मापदण्ड विपरितका सामान हटाउन निर्देशन समेत दिईकेको छ । तर आयोजनको निर्देशन केवल निर्देशनमा मात्र सिमित बनेको छ । अहिले पनि रातारात पुल निर्माणको काम भइरहेको छ । आखिर किन भइरहेको छ पुल निर्माणमा लापरवाही ? पुल निर्माणको काम हेरिरहेका पप्पु कन्सट्रक्सनका ईन्जिनिय सन्तोष साह भने आफूहरुले मापदण्ड अनुसार नै काम गरिरेको दाबी गर्छन । मापदण्ड अनुसार, काम भएको भए काठमाडौं दिगो शहरी यातायात आयोजनाले किन काम रोक्न निर्देशन दियो त ? अफलाइनखबरको प्रश्नमा ईन्जिनियर साह आयोजनाबाट काम बन्द गर्न कुनै निर्देशन नआएको दाबी गर्छन् । काठमाडौं दिगो शहरी यातायात आयोजनाले पत्र नै काटेर काम रोक्न निर्देशन दिईसकेको छ । तर, अझैपनि पप्पु कन्सट्रक्सनका ईन्जिनियर सन्तोष साह भन्दैछन् हामीलाई कुनै सूचना नै आएको छैन ।
आयोजनाका अनुसार, ईन्जिनियरीङ क्याम्पस पुलचोकको रिपोर्ट हेर्दा पुल निर्माणमा हुनुपर्ने गुणस्तर नदेखिएपछि कमसल प्रयोग भएको सामान हटाउन २०७५ जेठ १३ गते नै पत्र काटीसकिएको छ । तर, पनि ठेकेदार कम्पनि निर्देशन मान्नु त पराइजावस सूचना नै छैन भन्दै पन्छन्छ । हालसम्म आयोजनाले पुल निमार्णको ६८.८ प्रतिशत काम सकिसकेको छ । पुल निर्माणका लागि १३ करोड ९२ लाख रुपैयाँ भुक्तानी भईसकेको छ । तर, ठेकेदार कम्पनिको लापरवाहीका कारण करोडौंको लगानी बालुवा पानी हुने अवस्थमा पुगको छ । ठेकेदारको काम प्रति स्थानीय समेत असन्तुष्ट छन् ।
ठेकेदार कम्पनि पप्पु कन्सट्रक्सनले आफ्नो गल्ती ढाकछोप गरेपनि उसको बद्मासी भने छताछुल्ल भइसकेको छ । समयमै काम पुरा नगर्ने समस्याबाट गुज्रिरहेको पप्पुले प्रयोगशाला परिक्षण र प्रमाणित नभएका सामान प्रयोग गर्दै आएको छ । यसअघी पनि पप्पु कन्सट्रक्सनले निर्माण ठेक्का लिएको बबई नदीको पुल सञ्चालनमा नआउँंदै भासिएको थियो । तर पप्पु कन्सट्रकसनका प्राविधिकहरु भने कामको गुणस्तर माथि वहश नै गर्नै चाहंदैनन् ।
न समयमा काम पुरा भएको छ न मापदण्ड र गुणस्तरमा ध्यान दिइएको छ । तर पनि बर्षौंसम्म टिक्नु पर्ने यस्ता पूर्वाधार निमार्णमा चरम लापर्वाही हुँदा समेत ठेकेदार कम्पनि कारवाहीका दायरामा आउन भने सकेको छैन ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार