Thursday April 25, 2024 | |

भाडामा पाइलट: चीनले पश्चिमी देशहरूबाट सेवानिवृत्त सैन्य कर्मचारीहरू भर्ती गर्दै

featured-news

दक्षिण अफ्रिकामा चिनियाँ एजेन्टहरूले यी देशका सेवानिवृत्त सैन्य अधिकारीहरूलाई भर्ती गरेको रिपोर्ट ले बेलायत, अष्ट्रेलिया र न्यूजील्याण्डबाट अनुसन्धानको लागि दबाब बढ्दै गएको छ।

बेलायतले यस विषयमा सबैभ्न्दा पहिले संकेत पाएको हो र त्यसपछि बेलायतले अनुसन्धान सुरु गरेको खबर छ । उता अष्ट्रेलियाली सेनाले पनि आफ्ना पूर्व पाइलटहरूले चीनमा प्रशिक्षण भूमिकामा काम गर्न स्वीकार गरेको रिपोर्टहरू मा अनुसन्धान गरिरहेको छ। बेलायतले विदेशी चिनियाँ एजेन्टहरूले आफ्ना पाइलटहरूलाई भर्ती गर्न रोक्न राष्ट्रिय सुरक्षा आधारमा कानुनी कारबाही गर्न सक्छ र पाइलटले विदेशी सेनालाई प्रशिक्षण जारी राख्नुलाई अपराध बनाउन बेलायतले कानून परिवर्तन गर्न खोजिरहेको छ।

यदि यसरी अन्य देशमा प्रशिक्षित पाइलटहरुले चीनमा काम गर्न स्वीकार गरेका हुन भने यो बिश्व सुरक्षाका लागि नै खतरा हुन सक्ने सुरक्षा विज्ञहरुले बताएका छन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार