Friday March 29, 2024 | |

कमिसनका लागि रासायनिक मलको कृत्रिम अभाव

featured-news

काठमाडौं- धान खेतीका लागि आवश्यक पर्ने मलको कालोबजारी र कृत्रिम अभाव सिर्जना भएपछि किसान प्रभावित भएका छन् । युरिया र डीएपी मलको अभाव भएको चर्चासँगै सरकारले वितरण गर्दै आएको अनुदान मलमा सहकारीहरूले कालोबजारी गरेर कृत्रिम अभाव सिर्जना गरेको पाइएको राजधानी दैनिकमा खबर छ ।

सहकारी र एग्रोभेटले मल लुकाएर महँगोमा बिक्री गर्दै आएका छन् । हाल अनुदानको मल कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले बिक्री गर्दै आएका छन् । कृषि सामग्रीले ७० र साल्टले ३० प्रतिशत बिक्री गर्दै आएको छ। ती निकायबाट बिक्री हुने मल आधिकारिक डिलर र सहकारीबाट मात्रै बिक्री गर्न पाइन्छ। तर, अनुदानको मल कृत्रिम अभाव गराई व्यापारीले पनि बिक्री गर्दै आएको दाबी किसानको छ ।

संखुवासभा चैनपुर नगरपालिकाका बुदे तामाङ्गले सरकारले दिइदै आएको अनुदानको मल किन्न जाँदा मल नपाएको गुसानो गरेका छन् । खेतमा मल हाल्न नपाउँदा रोपेको बाली सबै पहेलो भईसकेको उनले बताए । ‘किसानले अनुदानको मल देख्न पाएका छैनन्’, उनले भने, ‘अनुदानको मल नपाएपछि किसानले महँगोमा गुणस्तहीन मल किन्न बाध्य भएका छन् ।’

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार