Tuesday April 23, 2024 | |

गुणस्तरहीन पानी बजारमा !

featured-news


काठमाडौं – पैसा तिरेर किनेको खाद्यवस्तु गुणस्तरहिन र कमसल परे उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पर्दछ । अझ पानी जस्तो अत्यावश्यक पेय पदार्थको गुणस्तरमा लापरबाहि भयो भने यसले उपभोक्ताको स्वास्थ्यमा कतिसम्म असर पार्छ होला ? तर नेपालमा प्रशोधित पिउने पानी उत्पादन गर्ने उद्योगी र फितलो अनुगमनका कारण बजारमा बोतल र जारमा उपलब्ध हुने कतिपय पानी गुणस्तरहिन पाइएको छ ।

यी पानीमा कुनै दुषित, कुनै न्युस्तरको त कुनै लेभल अपुर्ण भएको पाइएको छ । आर्थिक बर्ष २०७७÷७८ मा सरकारले १५ यस्ता गुणस्तरहिन पानी उत्पादन गर्ने १५ प्रशोधित पानी उत्पादन कम्पनीलाई कारबाहि गरेको छ । एक आर्थिक बर्षमा मात्र १५ प्रशोधित पिउने पानी उत्पादक कारबाहि परेसंगै यसबाट पनि नेपालमा पानीको उत्पादनमा कतिसम्मको लापरबाहि हुन्छ भन्ने उदांगो भएको छ ।

यसरी बोतलमा शिलबन्द गरेर उद्योगबाट बजारमा बेच्न पठाइएका पानीमा कहिले लेउ लाग्ने, कहिले सांग्ला पर्ने, कपाल पर्ने, पराल भेटिने जस्ता समस्याहरु पाइएको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् । यस्ता पानीले उपभोक्ताको स्वास्थ्यमा ठुलो असर पारेको, आउँ झाडापखाला लगायतका रोगहरु निम्त्याएको र सरकारी प्रतिवेदनमा समेत ९० प्रतिशत भन्दा बढि पानी गुणस्तरहिन देखाएको उपभोक्ता अधिकारकर्मी दाबी गर्छन् । उनिहरुका अनुसार नेपालमा लामो समयदेखि शिलबन्द गरीएका बोतल बन्द प्रशोधित पिउने पानी गुणस्तरहिन पाइने भएपनि यस्ता पानी उद्योगीलाई कारबाहि कारबाहि हुदैँन ।

यतिमात्र होइन, उपभोक्ता अधिकारकर्मीका अनुसार सरकारको नियमन अभावमा प्रशोधित पिउने पानी उत्पादन गर्ने उद्योगीले पनि इमान्दारिता कायम नगरी उपभोक्ताको स्वास्थ्यमा गम्भिर खेलवाड गरेका छन् । यस्तै उद्योगीका कारण बजारमा गुणस्तरहिन पानीहरु, लिकेज भएका पानीहरु, लेउ लागेको पानी, लेभल नखुलेका पानी, कुचिएका जारहरुमा खुल्लम खुल्ला पानी बेचिएको उनिहरुको आरोप छ । यसो हुनुमा सबैभन्दा बढि गैरजिम्मेवारपन उद्यागी र त्यसपछि नियमन गर्नुपर्ने निकायहरु जिम्मेवार रहेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार यदि कुनै प्रशोधित पिउने पानी उत्पादन गर्ने उद्योगको उत्पादनमा उपभोक्ताको स्वास्थ्यमा हानी हुने कुरा जानकारीमा आयो भने तत्काल त्यो उत्पादन बन्द गरीन्छ । यतिमात्र होइन, ति उत्पादनलाई त्यहि नष्ट गर्ने र बजारबाट उठाउने पहिलो काम गरीन्छ । त्यसपछि न्युन गुणस्तर, दुषित वा अन्य कुनै प्रकारको त्रुटी भेटिए यस्ता उत्पादन र उद्योगी उपर खाद्य ऐन अनुसार ५० हजारसम्म जरीवाना वा ५ बर्षसम्म कैद वा दुबै कारबाहि गरीन्छ ।

के के छन् पानीका मापदण्ड ?
– पानीमा सूक्ष्म जीवाणु अर्थात कोलिफर्म हुनु हुँदैन ।
– रसायन र विषादीको अवशेष निश्चित मात्रामा हुनुपर्छ ।
– खानेपानीको पीएच लेभल ६.५ देखि ८ सम्म हुनुपर्छ ।
– पानीमा तामा, फलाम, नाइट्रेड, क्लोरिन, क्लोराइड र पारोको मात्रा निश्चित स्तरभन्दा बढी हुन हुँदैन । तर, अधिकांश पानी कम्पनिले यो मापदण्ड पुरा गरेका छैनन् । तसर्थ हरेक प्रशोधित पिउने पानी उत्पादकले यि मापदण्डको पालना गर्न र नियमक निकायले उत्पादकले मापदण्ड पालना गरे नगरेको नियमन गर्न आवश्यक छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार