Friday March 29, 2024 | |

जम्मु काश्मीरमा आतंकवादी गतिविधिमा संलग्न सरकारी कर्मचारीहरु बर्खास्त

featured-news

श्रीनगर । भारतको जम्मु काश्मीरमा स्थित आतंकवादी गतिविधिमा संलग्न रहेका एघार सरकारी कर्मचारीलाई बर्खास्त गरिएको छ ।

जम्मु काश्मीरमा एघार सरकारी कर्मचारीहरु आतंकवादी गतिविधिमा संलग्न रहेको आरोपमा बर्खास्त भएका हुन् । बर्खास्त भएका मध्ये दुई जना इस्लामिक लडाकु समुह हिज्बुल मुजाहिद्दिनका प्रमुख सइद सलाउद्दिनका छोराहरु रहेको बताईएको छ । सलाउद्दिनका छोराहरु सइद अहमद सकिल र शाहिद युसुफले हिज्बुल मुजाहिद्दिन समुहलाई आर्थिक बन्दोबस्तको काम गर्ने गरेको खुलेको छ ।

जम्मु काश्मीरमा आतंकवाद माथि छानबीन गर्ने समितिले आतंकवादी गतिविधिमा संलग्न अभियुक्तहरुलाई सरकारी नोकरीबाट तत्काल हटाउनुपर्ने सिफारिस गरेको थियो ।

संवैधानिक र कानुनी आधारमा अभियुक्त सरकारी कर्मचारीलाई बर्खास्त गरिएको बताईएको छ ।अनन्तनाग जिल्लास्थित दुई सरकारी शिक्षकहरु पनि राष्ट्रवाद विरोधी गतिबिधिमा संलग्न रहेको अभियोगमा बर्खास्त भएका छन् । त्यस्तै, प्रहरी अब्दुल रासिद शिगनले आफ्नै सुरक्षाकर्मी सेनामाथि आक्रमण गरेको पाईएको छ । स्रोत याहु न्युज

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार