Thursday April 25, 2024 | |

भ्रष्टाचार प्रकरणले ढल्यो अष्ट्रियाको सरकार

featured-news

अष्ट्रिया- भ्रष्टाचार प्रकरणमा मुछिएको अष्ट्रियाको सरकारमाथि लागेको महाअभियोग प्रस्ताव पारित भएसँगै त्यहाँको सरकार ढलेको छ । संसद्का बामपन्थी पार्टीहरुले अष्ट्रियन चान्सलर सेबाष्टियन कुर्जविरुद्ध दर्ता गराएको महाअभियोगलाई उनको पूर्व साझेदार दक्षिणपन्थी दलले समेत समर्थन गरेको हो ।

मुलुकका उपचान्सलर हाइन्ज क्रिष्चियन स्टार्चले रुसी लगानीकर्तासँग मोलमोलाई गरिरहेको भिडियो सार्वजनिक भएको थियो । उपचान्सलर पदबाट राजीनामा दिएसँगै वर्तमान दक्षिणपन्थी सरकारको चर्को आलोचना हुँदै आएको थियो ।

त्यसलत्तै चान्सलर कुर्जले आम निर्वाचनको आह्वान गरेका थिए । अब चाँडै त्यहाँका राष्ट्रपति अलेक्जाण्डर भान डेर बलनले नयाँ सरकार गठनको आह्वान गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार