Thursday April 18, 2024 | |

योगेश भट्टराई नै दोषी भए पनि कारवाही गरेरै छोड्छु : मन्त्री आले

featured-news

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले पूर्वमन्त्री योगेश भट्टराईलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

तत्कालीन पर्यटनमन्त्री भट्टराईले विदेशबाट नेपाली नागरिकको उद्धारका लागि गरिएको प्लेन चार्टरका क्रममा तोकिएको भन्दा ४ गुण बढी भाडा लिएको आरोपसमेत मन्त्री आलेले लगाएका छन् ।

एक टिभी कार्यक्रममा बोल्दै मन्त्री आलेले उक्त विषयमा हाल छानबिन समितिले अध्यायन गरिरहेको बताउँदै उक्त प्रतिवेदन आएपछि दोषी देखिने कसैलाई नछोड्ने बताएका हुन् ।

१० दिनभित्र आएको प्रतिवेदनपछि पत्रकार सम्मेलन गरेर योगेश भट्टराई नै दोषी भए पनि नछोड्ने उनले चेतावनी दिएका हुन् । उनले उक्त भ्रष्टाचारमा तत्कालीन उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक इश्वर पोखरेल नै दोषी भए पनि नछोड्ने चेतावनी दिए ।

मन्त्रालय मातहतको जो९कोहीले कमजोरी गरे पनि मन्त्री भागेदार हुनुपर्ने र जिम्मेवार हुनुपर्ने मन्त्री आलेको भनाइ छ । थाहा छैनरथिएन भनेर भाग्न नमिल्ने उनले बताए ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार