Thursday April 25, 2024 | |

पाकिस्तानी प्रधानमन्त्री खानको बिमानलाई भारतीय हवाइक्षेत्र प्रयोगको अनुमतिको प्रशंसा

featured-news

 

नयाँ दिल्ली– पाकिस्तानी प्रधानमन्त्री इमरान खान सवार हुने बिमानलाई भारतले आफ्नो हवाइक्षेत्र प्रयोगको अनुमति दिने निर्णयलाई प्रशंसनीय कदमको रुपमा टिप्पणी गरिएको छ ।

गत फेब्रुअरि २३ मा पाकिस्तानी प्रधानमन्त्री इमरान खान श्रीलंका भ्रमणमा जाँदा भारतले आफ्नो हवाइक्षेत्र प्रयोगको अनुमति दिएको थियो। दुई देशबीचको चिसिएको सम्बन्धका बाबजुद भारत सरकारको यो निर्णय प्रशंसनीय भएको काजख्स्तान, स्वीडेन र लात्भियाका लागी भारतीय पूर्व राजदुत अशोक सज्जनहारले टिप्पणी गरेका हुन् ।

कुनै पनि मुलुकका प्रमुखको विमानका लागि हवाईक्षेत्र प्रयोग गर्न दिने अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भारतले अनुमति दिएको पूर्व राजदुतको भनाइ छ । भारतले काश्मिर क्षेत्रमा मानब अधिकार उल्लंघन गरिरहेको भन्दै सन् २०१९ मा अमेरिका र साउदी अरबको भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बिमानलाई पाकिस्तानले आफ्नो हवाइक्षेत्र प्रयोग गर्न अस्वीकार गरेको थियो।

विगतमा पाकिस्तानको यस्तो कदमका बाबजुद भारतले अन्तर्राष्ट्रिय मूल्य–मान्यता अनुसार निर्णय लिनु सकारात्मक र प्रशंसनीय रहेको पूर्व राजदुत सज्जनहारले टिप्पणी गरेका छन्।
स्रोतः द सिंगापुर पोष्ट

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार