Saturday April 20, 2024 | |

बाँसबारी स्कुलको करोडौंको जग्गामा माफियाको गिद्धेनजर, ९ करोड बराबरको जग्गा नै गाएव

featured-news

काठमाडौं । वि.सं. २०१८ सालबाट प्राथामिक तहमा अध्यापन सुरु भएको काठमाडौंको महाराजगञ्ज बाँसबारी स्थित श्री बाँसबारी उच्च माध्यमिक विद्यालयको भवन २०२२ सालमा बनाइएको थियो । त्यो समयमा विद्यालयको नाममा १ रोपनि १२ आना जग्गा थियो । पछि दाताबाट थप ५ आना जग्गा दिइएको कागजी प्रमाण छ । यसलाई हेर्दा कागजमा दुई रोपनी १ आना जग्गा देखिन्छ । तर, अहिले विद्यालय सँग भने जम्मा १५ आना मात्र जग्गा छ ।
९ करोडको जग्गा माफियाले झ्वाम
स्थानियबासीका अनुसार, अहिले विद्यालयका रहेको क्षेत्रमा एक आना जग्गा कै ५० लाख बढी पर्छ । यसलाई हेर्दा १८ आनाको करिव ९ करोड पर्न जान्छ । आखिर कसले मिच्यो करिव ९ करोड मुल्य बराबरको विद्यालयको १ रोपनी दुई आना जग्गा ? स्थानीयबासीका अनुसार, विद्यालयको उत्तरतर्फका घरहरु २०२२ सालको गोरेटो बाटोको स्थानमा बनेका हुन् । त्यसपछि विद्यालयको जमिनमा भने अहिलेको बाटो बनाउँदा जग्गा घटेको हो । यति सम्म त ठिकै थियो तर, नयाँ जनप्रतिनिधि आएपछि त झनै सरकारीको विद्यालयनै तोड्न चिन्ह लगाएको स्थानिएको आरोप छ ।

1
सँधियारले जग्गा मिचेको हुनसक्ने भन्दै अहिले जग्गा दाता लगाएत स्थानियबासी विरोधमा उत्रिएका छन् । पहिलेको बाटोमा केहि स्थानिय घर बनाई उपयोग गरेको र विद्यालयको जग्गामा मात्र बाटो सारी पहिलेको गोरेटोबाटो सँधियारले हत्याएको हुनसक्ने जग्गा दाता इन्दुसिंह ठकुरी बताउँछीन् ।
यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतमलाई भने कति जग्गा मिचियो भन्ने नै जानकारी छैन । उनि भन्छन् – मिचिएको चाहीं छ तर, कति मिचियो भन्ने चाहीं नक्सा हेर्नुपर्छ । जिम्मेवार व्यक्तिकै लाचारीका कारण माफियाहरु थप सक्रिय बनेको स्थानियबासीको आरोप छ ।
२०२२ सालमा विद्यालयको भवन निर्माणका बोला चन्दा संकलन देखि श्रमशक्ति खोज्ने र विद्यालय स्थापनाका लागि खटेका भवन संस्थापक इश्वरीप्रसाद दाहालले पनि विद्यालयको जग्गा मिचिदा पनि कसैले वास्ता नगरेको भन्दै आक्रोश पोखे । यता जग्गा दाताका छोरा जिवनसिंह ठकुरी सिमित माफियाहरुले रातारात चलखेल गरेर विद्यालयको जग्गा खान डोजर लगाएर विद्यालय भत्काउन लागेको आरोप लगाउँछन् ।
यति मात्र होइन, केहि स्थानियबासी विद्यालयको सामुन्नेमा रहेको सामुदायिक संस्था पनि विद्यालयकै जग्गामा बनेको दाबी गर्छन् । जुन भवनका सटर भाडामा लाएर रकम उठाउँदै आए पनि त्यो रकम कहाँ खर्च भयो कसैलाइै जानकारी छैन । अब भने सरकारी सम्पत्ति हडप्ने को हो त्यसलाई अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउनु पर्छ । यतिमात्र होइन, मिचिएको जमिन पनि तत्काल खाली गर्नुपर्छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार