Tuesday April 23, 2024 | |

पर्यटक भिसामा नेपाल आउने इस्लामीक कट्टरपन्थीहरु

featured-news

सुनसरी छातावेली गाँउ एउटा पुरानो इस्लामीक गाँउ हो । पल्लिो वर्षहरुमा यहाँका केहि स्थानीय नेताहरुको कट्टरपन्थी समूहसंगको समबन्धले अन्तराष्ट्रिय चर्चा बटुलेको छ । सन् २०१९ मा फिदा हुसैनको रहस्यमयी हत्या पछि छातावेली जस्ता अनेकन नेपाली इस्लामीक गाँउहरुमा भइरहेका संभावित कट्टरपन्थी क्रियाकलाप र तबलिकी जमातको आगमनलाई प्रश्नको घेरामा राखिएको छ ।

कहिले तबलिकी जमात त कहिले धार्मिक शिक्षाका लागि मदरसाहरुमा बिशेष निम्तो दिएर धार्मिक गुरुहरुलाई बोलाइन्छ । यसरी पाकिस्तानी धार्मिक् गुरुहरुको आगमन र धर्म शिक्षाका अनेक प्रमाणहरु नेपालमा फेला पर्न थालेका छन् । यी सबै कुराहरुमा नेपाली सरकार र प्रसासन अनि स्थानीय इस्लामीक वासिन्दाहरु नै पनि जानकार छैनन ।

यसरी आउने धामिक गुरुहरु नेपालको विमानस्थल नै प्रयोग गरेर पर्यटक भिसामा नेपाल छिरेको प्रमाण पाइन्छ । नेपालको उदार भिसा व्यवस्थाको शोषण गर्दै तबलिगी जमातका सदस्यहरू पर्यटक भिसामा आउँछन् र धर्म परिवर्तन, कट्टरपन्थी गतिविधिहरूमा संलग्न हुन्छन्। नेपाली सीमामा रोहंगियाको बसोबासले नेपालको सुरक्षालाई समेत जोखिममा पारेको छ।

सरकारले नियमन र सुपरिवेक्षणको संरचना तयार गरेर यस्तो गतिविधि रोक्नेतर्फ पहलकदमी गर्नुपर्नेमा सरोकारवालाको ध्यान केन्द्रित भएको छ। पाकिस्तानले अपराध, नक्कली मुद्रा, नाबालिग विवाह, नेपाललाई असर पार्न विभिन्न धार्मिक माध्यमहरू प्रयोग गरिरहेको छ।

यसका अलावा बव जहादका नाममा अनेकन इस्लामीक रकमहरु पनि नेपाली गाँउहरुमा भित्रिने गरेको प्रमाण फेला परेका छन् । देशको सुरक्षा र धार्मिक सहिष्णुता नै विगार्ने यस्ता क्रियाकलापहरु रोक्न सरकारको कुनै निति र नियन्त्रण नहुनु खेद पूर्ण छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार