फागुन १० गते शुक्रबार, ललितपुरको नख्खु स्थित एनसेल कार्यालयको ढोकैमा बम पढ्कीयो । घनटामा परि एकजनाको मृत्यु भयो दुईजना घाइते बने । त्यसको केही घण्टा भित्रै देशका विभिन्न स्थानमा रहेका एनसेलका झण्डै एक दर्जन टावरमाथि आगजानी भयो । घटना लगत्तै प्रहरीले अनुसन्धान थाल्यो । यही मेसोमा प्रहरीको अनुसन्धानलाई सहज बनाउँदै नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले घटनाको जिम्मा लियो । यो विचमा विप्लवका केही कार्यकर्ता पनि पक्राउ परे ।
ललितपुरको नख्खुमा भएको घटनालाई केन्द्रविन्दु बनाउँदै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । घटनाको ४ दिन पछि अर्थात फागुन १४ गते मंगलबार प्रहरीको विशेष ब्यूरो र महानगरीय अपराध महाशाखालको टोलीले विप्लव नेतृत्व नेकपाका नेता सुर्य भुजेल घटनाको मुख्य योजनाकार भन्दै पक्रियो । प्रहरीले भुजेल मुख्य योजनाकार भएको केही सञ्चारमाध्यमहरुमा दाबी गरेपनि आधिकारीक धारण भने सार्वजनिक गरेको छैन । प्रहरी स्रोतका अनुसार, अहिले पक्राउ परेका सुर्य भुजेल नख्खु बम विस्फोटमा फिल्ड कमाण्डरका रुपमा काम गरेका थिए । युवा संगठनको नेतृत्वमा रहेका भुजेल महासचिव नेत्रविक्रम चन्दका निकटतम नेता मानिन्छन् ।
एनसेले नै ग¥यो प्रहरीलाई असहयोग
अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार, बम काण्डको अनुसन्धानमा प्रहरीलाई एनसेलले आवश्यक सूचना दिन आलटाल गरिरहेको छ । प्रहरी स्रोतका अनुसार घटनाको अनुसन्धानमा जुटेको प्रहरीलाई एनसेलका अधिकारीले बम कार्यालयभित्र नभएको भन्दै उम्किन खोजेका छन् । तर प्रहरीले गरेको सिसिटिभी फुटेज मुल्याङ्कन अनुसार, कुनै अज्ञात व्यक्तिले बम एनसेल गेटमा राख्यो, लगत्तै एनसेलका सुरक्षा गार्डले बम सडकमा फाले । केहीबेरमै त्यो बम विष्फोट भयो ।
बम सडकमा फालेका कारण सुरक्षा गार्डको समेत भूमिका संकास्पद् भन्दै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान ग¥यो । तर, अनुसन्धान पछि चन्दा नदिएका कारण एनसेललाई तर्साउन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बम राखेको खुलेको छ । विप्लव नेतृत्वको पार्टीले एनसेललाई पत्र काटेर पटकपटक चन्दा दिन ताकेदा गर्दा एनसेलले प्रहरीलाई खबर नगरेका कारण पनि बम विस्फोटको घटना भएको प्रहरीको विश्लेषण छ । तर, एनसेलले जानकारी नदिंदा बढी क्षति भएको प्रहरीको निष्कर्ष छ ।
प्रहरीका अनुसार, एनसेल मुख्यालय बमकाण्डपछिको अनुसन्धानले एनसेलका तीन वटा गल्ती भेटिएको छन् । पहिलो, यस अधि पनि विप्लव समूहले पतक पटक चन्दा मागेको विषय प्रहरीलाई जानकारी नदिनु । दोस्रो, बम देखेपछि पनि एनसेलका सुरक्षा गार्डले प्रहरीलाई खबर नगरी सडकमा फाल्नु र तेस्रो एनसेलले घटनाको अनुसन्धानमा खटिएका सुरक्षा अधिकारीलाई सहज तरिकाले सूचना नदिनु । किन एनसेलले नै प्रहरीलाई अनुसन्धानमा असहयोग ग¥यो त ? विज्ञहरुका अनुसार, कित त एनसेललाई अहिले पनि धम्की आइरहेको छ र डरकै कारण प्रहरीलाई केही भन्न चाहीरहेको छैन । कि त उसलाई प्रहरीको सुरक्षा माथि नै विश्वास लागेको छैन ।
कहाँ चुक्यो सुरक्षा संयन्त्र ?
विश्लेषकहरुका अनुसार, सुरक्षा संयन्त्र घटना अघि र घटना पछि दुईपटक नै चुकेको छ । घटनाको प्रत्यक्षदर्शीका अनुसार, घटना घटेको करिव १५ मिनेट सम्म घाईते बचाउ बचाउ भन्दै चिच्याइरहेका थिए । अनि १५ मिनेट पछि उद्धार गरेपनि नजिक रहेका अस्पताल छाडेर घाइतेलाई टाढाको अस्पताल लगियो । तत्काल घाइतेको उद्धार गरेर अस्पताल पु¥याइएको भए बाँच्ने संभावन बढी हुन्थ्यो । यो हिसावमा सुरक्षा संयन्त्र घटना पछि पनि चुकेको छ । घटना अघि भने सुरक्षा संयन्त्र सूचनामा चुकेको देखिन्छ । वम विष्फोट जस्तो गतिविधी हुनसक्छ अर्थात हु“दैछ भन्ने सामान्य आ“कलन सम्म गर्न नसक्नु सरकारको कमजोरी हो । सरकारले सूचना संकलनकै लागि राष्ट्रिय अनुसन्धान विभागको ठूलो टोली परिचालन गरेको । नेपाल प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरीले समेत यस्तो विषयको निगरानी गरिरहेका हुन्छन् । तर एकैपटक वम आतंक फैलाउ“दा समेत सूचना थाहा नपाउनु सरकारको ठुलै कमजोरी हो ।
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
फेसबुकबाट तपाईको प्रतिक्रिया