Tuesday April 23, 2024 | |

बाढी-पहिरोमा परेर मर्नेको सङ्ख्या ४३ पुग्यो (अपडेट)

featured-news

काठमाडौं-अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ४३ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानारी दिए ।

उनका अनुसार अहिलेसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको राससलाई जानकारी दिए। अहिलेसम्म एक हजार सयौंको उद्धार गरिएको छ । 

यो समाचार तयार पार्दासम्म ललितपुरमा र भोजपुरमा पाँच–पाँच, मकवानपुरमा चार, काठमाडौँ, खोटाङ ,ओखलढुङ्गा र काभ्रेमा तीन–तीन, धादिङ, झापा, सिन्धुलीमा दुई–दुई जना तथा पाल्पा, पर्सा, रामेछाप, ईलाम, सुनसरी, बारा, रौतहट, सिराहा, धनुषा, चितवन र डोल्पामा एक–एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतक मध्ये १८ जना महिला र २५ जना पुरुष रहेको जनाइएको छ । 

बाढीपहिरोमा परी मकवानपुरमा चार, धनकुटामा तीन, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा दुई, दुई, खोटाङ, धादिङ, चितवन, दोलखा र रामेछापमा एक–एक गरी २० जना घाइते भएका छन् । 

यस्तै सिन्धुली छ, इलाम र मोरङ्गमा तीन–तीन, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ, काठमाडौँ र ललितपुरमा एक–एक जना गरी २४ जना बेपत्ता भएका छन् । सुरक्षाकर्मीले अहिले पनि उद्धार कार्य भने जारी रहेको जनाएको छ । 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार