Friday April 26, 2024 | |

जोखिम न्यूनिकरणका लागि लघु विमा कम्पनी स्थापना गर्ने अर्थमन्त्रीको घोषणा

featured-news

अर्थमन्त्री डा. युवराज खतिवडाले कृषि उत्पादनमा हुने जोखिम न्यूनिकरणका लागि लघु विमा कम्पनी स्थापना गर्ने घोषणा गर्नु भएको छ ।

अर्थमन्त्री खतिवडाले कृषि उत्पादनमा जोखिम हुन नदिन लघु विमा कम्पनी खोलेर लघु विमा कार्यक्रम संचालन गर्न सहकारी संस्थाहरुलाई पनि आग्रह गर्नु भयो । उहाँले सहकारी संस्थाहरुलाई लघु विमा कार्यक्रम संचालन गर्नका लागि सरकारले आवश्यक नीति, कानुन निर्माण गरिदिने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको ११औं वार्षिक साधारण सभाको बिहिवार काठमाडौंमा उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले पूँजी, प्रविधि र प्राकृतिक विपत्तिका कारण कृषि उत्पादनमा जोखिम हुने गरेको उल्लेख गर्दै त्यसलाई रोक्न सरकारले पशु र कृषिमा लघु विमा कार्यक्रम संचालन गरेको पनि स्मरण गराउनु भयो ।

अर्थमन्त्री खतिवडाले अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी बस्तुहरुको उत्पादन गर्न पनि सम्बन्धित निकायलाई सचेत गराउनु भयो ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार