Thursday April 25, 2024 | |

कम्बोडियाली सरकारबाट भारतीय नागरिकलाई राष्ट्रिय सम्मान प्रदान

featured-news

नोम पेन्ह । कम्बोडिया सरकारले कृषी विकासका लागि अन्तराष्ट्रिय कोष (आइएफडी) का निर्देशक भारतीय नागरिक कौशिक बरुवालाई राष्ट्रिय सम्मान प्रदान गरेको छ। संयुक्त राष्ट्रसंघको आइएफडी कार्यक्रमको निर्देशकका रुपमा कम्बोडियामा कार्यरत कौशिक बरुवालाई कम्बोडियाको शाहमेत्रेइ राजकीय आदेश अन्तर्गत राष्ट्रिय सम्मान प्रदान गरिएको हो ।

संयुक्त राष्ट्रसंघले बिकाशोन्मुख देशका ग्रामीण क्षेत्रहरुमा गरिबी तथा भोकमरी निवारण र कृषी क्षेत्रमा प्रोत्साहनका लागि आइएफएडी कार्यक्रम सञ्चालन गर्दै आएको छ। कम्बोडियाका ग्रामीण क्षेत्रमा गरिबी निवारण, ग्रामिण विकास तथा कृषी विकासमा गरेको योगदानलाई सम्मान गर्दै भारतीय नागरिक बरुवालाई राष्ट्रिय सम्मान दिएको हो । स्रोतः इकोनमीक टाईम्स -

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार