Thursday March 28, 2024 | |

गजरकोटेको प्रश्न ‘कुरा थाहा छ कि थाहा छैन’

featured-news

सोलुखुम्बुमा बसेर पत्रकारीतासँगै गित लेखनलाई अघि बढाईरहेका तनहुका शिखरजंग श्रेष्ठको लेखनमा नयाँ लोकदोहोरी गित बजारमा आएको छ । शिखर गजरकोट नामले साँगितिक क्षेत्रमा चिनिएका श्रेष्ठको नयाँ गीत हो यति ‘कुरा थाहा छ कि थाहा छैन’
फूल्छ फुल ओईलेर झर्नलाई
शव्द पाईन बयान गर्नलाई
यति कुरा थाहा छ कि थाहा छैन
तिम्रो बरु केही पत्तो पा छैन


धरोधर्म मेरो बिहे भ छैन
यस्ता शव्दहरु समेटिएको गीत, गाएक धर्मराज पोखरेल, देवी घर्ती मगर, सुरेश रमन अधिकारी र स्मृती साहीको स्वरमा सजिएको छ । गीतको संगित संयोजन विवि अनुरागीले गर्नुभएको छ । गजरकोटेको सिर्जनामा पुर्वेली गीत ‘पानी मिठो यारी खोलाको’ ‘पुर्वेली कान्छी’, ‘चुल्ठो बाटीहाल’, लगाएतका गीत चर्चित छन् ।
दुर्गम जिल्ला सोलुखुम्बुमा रहेर गीत लेखनमा सक्रिय श्रेष्ठले लेख्ने गीत प्राकृतिक मनोरमतासँगै मायाप्रेमका शव्दहरु समेटिएका हुन्छन्् ।

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार