Friday March 29, 2024 | |

पाकिस्तानमा भारी वर्षा पछिको बाढीबाट कम्पतिमा चौधको मृृत्यु

featured-news

इस्लामाबाद : पाकिस्तानको उत्तरपूर्वी राज्यहरु पञ्जाव, खैबर पाख्तुनख्वामा परेको भारी वर्षाको कारण कम्तीमा १४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १९ जना घाइते भएका छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थान निकायले एक विज्ञप्तिमार्फत बिहीबार सो जानकारी दिएको छ । भारी वर्षाबाट अति नै प्रभावित भएको प्रान्त पञ्जावमा १२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १७ जना घाइते भएका छन् । साथै वर्षातको पानीबाट कैयौँ घर बगाएको बताइएको छ ।

त्यसैगरी खैबर पाख्तुनख्वा राज्यमा पनि दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका छन् । दुइदिन यतादेखि जारी यस प्रकोपबाट सो प्रान्तका विभिन्न इलाका पानीले बगाएको बताइएको छ ।

सरकारी आधिकारीले भारी वर्षाबाट दुई प्रान्तमा १४ व्यक्तिको मृत्यु भएको औपचारिक पुष्टि गरेका छन् । तर स्थानीय सञ्चारमाध्यमले पञ्जाव प्रान्तमा मात्र १९ व्यक्तिको मृत्यु भएको बताएका छन् ।

यस बाढीबाट हजारौँ व्यक्ति बेपत्ता हुनुको साथै भौतिक सम्पत्तिको पनि ठूलो क्षति पुगेको बताइएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार