Thursday April 25, 2024 | |

होटलको नाममा यौनधन्दा, किशोरी हराएपछि खुल्यो पोल

featured-news

अघिल्लो बुधबार बाराको पथलैयाबाट १७ वर्षीया किशोरी बेपत्ता थिइन् । छरछिमेक, आफन्त र चिनजान सबैतिर पुग्दा पनि केही अत्तोपत्ता नलागेपछि परिवारले प्रहरी गुहारे । इलाका प्रहरी कार्यालय, सिमराले थालेको अनुसन्धानका क्रममा किशोरी अल्पाइन अस्पतालको बेडमा भेटिइन् तर, बोल्न सक्ने अवस्थामा थिइनन् ।

चिकित्सकको सल्लाह बमोजिम उनलाई थप उपचारका लागि नारायणी अस्पताल लगियो । जब उनको होस खुल्यो, तब किशोरीमाथि जबरजस्तीकरणी भएको रहस्य खुल्यो । सिमराका डीएसपी गोविन्द पुरीकाअनुसार उनीमाथि जीतपुर सिमरा उपमहानगर–१, पथलैयास्थित होटल संगालो एण्ड गेष्ट हाउसमा जर्बजस्ती करणी भएको पाइएको छ ।

आमाछोरीको प्रलोभनमा पर्दा…

अनुसन्धान अधिकृतकाअनुसार २२ असारको बिहान सिमराकी २१ वर्षीया सीनाराय कुर्मीले ललाइफकाई होटल संगालो एण्ड गेष्ट हाउसमा लगेकी थिइन् । जहाँ सोनीकी आमा ४० वर्षीया पूर्णिमा राय कुर्मी पनि थिइन् । आमा–छोरी मिलेर यो होटल सञ्चालन गरेका हुन् ।

पीडितको बयानअनुसार पूर्णिमाले उनलाई आर्थिक प्रलोभन देखाउनुका साथै नशालु पेय पदार्थ खुवाएका थिइन् । त्यसपछि ढोका थुनेर राखिएको उनको भनाइ छ । भोलिपल्ट साँझ केही युवालाई पठाएर आफूमाथि जबरजस्तीकरणी गरिएको किशोरीको भनाइ छ ।

त्यसवापत प्रतिव्यक्ति ३ हजार रुपैयाँ लिएको देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले पीडित किशोरीको पनि शंकास्पद भूमिका देखिएको भन्दै अनुसन्धान गरिरहेको छ । आर्थिक लाभसँगै कपडा र मोबाइल किनिदिने प्रलोभन देखाएपछि उनी होटलसम्म पुगेको देखिएको अनुसन्धान अधिकृत बताउँछन् । ‘लठ्याउने कुरा खुवाएर पुरुषलाई खुशी पार्नुपर्ने बताएका थिए’, किशोरीले पनि भनेकी छन् ।

पीडितको स्वास्थ्य परीक्षणबाट उनीसँग शारीरिक सम्बन्ध राखिएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

पीडितको आमाले किटानी जाहेरी दिएपछि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

पक्राउ पर्नेमा होटल सञ्चालिका आमाछोरी पूर्णिमा राय र सीनाराय कुर्मीसहित करणीमा संलग्न विशालकुमार गुप्ता छन् ।

कानुनतः १८ वर्ष पूरा नभएकासँग सहमतीमै सम्बन्ध भएपछि जबरजस्तीकरणी मानिन्छ । पीडितको उजुरीका आधारमा अर्का एक व्यक्तिलाई बुधबार वीरगञ्जबाट पक्राउ गरिएको छ तर, उनको परिचय खुलाइएको छैन ।

जिल्ला प्रहरी कार्यालय, बाराका डीएसपी रञ्जितसिंह राठौरका अनुसार सोधपुछका लागि नियन्त्रणमा लिइएका पुरुष सैनिक हुन् । तर घटनामा उनको संलग्नता स्पष्ट भइनसकेकाले परिचय गोप्य राखिएको उनले बताए ।

अधिकृतहरुका अनुसार पक्राउ परेका आमा–छोरीले कसूर स्वीकारिसकेका छन् । तर, पीडित भनिएकी किशोरी पनि दोषी रहेको उनीहरुको दाबी छ । उनीहरु पूर्वप्रहरी परिवारकै सदस्य हुन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार