Thursday April 25, 2024 | |

नेपालमा एकैदिन १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि

featured-news

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा गरी २२ हजार ८२८ जनाको परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार १७ हजार ८७२ जनाको पीसीआर टेष्ट गर्दा ८ हजार ७३० र १० हजार २५८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ५२८ जनामा संक्रमण पुष्टि भएको हो ।

यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल देशभर ३९ हजार ४४ संक्रिय संक्रमित छन् ।

काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा पाँच हजार ५४९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४ हजार ४, भक्तपुरमा ५७० र ललितपुरमा ९७५ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ५७६ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट भएको कोरोना परीक्षणमा ८ लाख ६८ हजार २१५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३ हजार ९८३ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ८ लाख १७ हजार ५४७ जना निको हुँदा कुल ११ हजार ६२४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख १३ हजार १४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार