Friday March 29, 2024 | |

पसिना रोक्ने घरेलु उपाय

featured-news

बढ्दो गर्मीको समयमा मानिसलाई धेरै पसिना आउने गर्छ । पसिनाका कारण जीउ गन्हाउने हुन्छ । पसिना गन्हाउँदा आफूलाई मात्र होइन सँगै बस्ने साथीहरुलाई पनि असहज बनिरहेको हुन्छ ।

यस्ताे अवस्थामा धेरै उपाय अपनाइरहेको पनि होला । शरिरमा भएको बिकार समेत पसिनाकै कारण बाहिर निस्किनुका साथै पसिनाले शरिरको तापक्रम समेत सन्तुलनमा राख्दछ भन्ने विश्वास पनि राखिन्छ ।

तर, आवश्यकताभन्दा बढी पसिना आउनु स्वास्थ्यका लागि हानिकारक हो । यस्तो समस्यलाई हाईड्रोसिस भनिन्छ । शरीर कमजोर भएको बेला पनि पसिना आउने तथा थाइराइड ग्रन्थी आवश्यकताभन्दा बढी सक्रिया भएको बेला पनि पसिना आउने गर्दछ ।

यस्तो पसिना आउनबाट छुटकारा पाउन केही उपाय अपनाउनुपर्ने हुन्छ । जुन निम्न छन्–

–पुदिना तथा कागती पानी पिउने गर्नुहोस् ।
–सफा तथा स्वच्छ पानी प्रशसता मात्रामा पिउँनुहोस् ।
–आलुबखडा, आरु, भुँइकटर, आँप, नास्पाती, केरा खरबुजा र अन्य फलफूलहरु खाने गर्नुहोस् ।
–गर्मी मौसममा पीरो तथा अमिलो खानेकुरा खाने गर्नुहोस् ।
–मौसमी तथा हरिया सागसब्जी हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्नुहोस् ।
–यो मौसममा २ देखि ३ लिटरसम्म पानी पिउने गर्नुहोस् । आवश्यकताभन्दा बढी पसिना आउने, बढी तापक्रम तथा स्वस्थ व्यक्तिले ५ लिटरसम्म पिउनु पर्छ ।
–बढी पसिना आउने व्यक्तिले नियमित नुहाउनुका साथै बढी मात्रामा फलफुल सेवन गर्ने गर्नुपर्छ ।
–लामो समयसम्म खाली पेट राख्नुहुँदै र मसलादार खानेकुरा नखानु नै राम्रो मानिन्छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार