Thursday April 25, 2024 | |

प्रहरीको सूचीमा रहेका गुन्डा नाइके, निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको अध्यक्ष उम्मेदवार

featured-news

काठमाडौं । गुन्डागर्दी आरोपमा प्रहरीको सूचीमा रहेका सिन्धुपाल्चोकका सगुन श्रेष्ठ निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकका अध्यक्ष पदको उम्मेदवार बनेका छन् । दुई वटा अपहरण र लाखौं रुपैयाँ लुटपाटको आरोपमा जेल समेत बसिकेको सगुनलाई नेपाली काँग्रेस सिन्धुपाल्चोकका नेता मोहन बस्नेत अध्यक्ष पदको उम्मेदवार बनाएका हुन्् । यसअघि तरुण दल सिन्धुपाल्चोकको उपाध्यक्ष समेत रहेका सगुनलाई पार्टीले कारवाही गरी उपाध्यक्ष पदबाट समेत हटाइसकेको छ ।
यस्तो छ सगुननको विगत
२०६४ सलामा निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको सहसचिव हु“दा सगुनले केदार थापालाई अपहरण गरि २५ लाख फिरौती मागेको प्रहरी रेकर्डबाट देखिन्छ । यो अपराधमा उनले ती बर्ष जेल सजाय समेत भुक्तान गरिसकेका छन् । त्यसैगरी २०७१ सालमा ठेकेदार जीवन श्रेष्ठलाई अपहरण गरेको आरोपमा उनि २ बर्ष जेल सजाय भुक्ता गरि छुटेका थिए । उनले २०७३ जेठ अन्तिम साता सिन्धुपाल्चोकको जल उत्पन्न आब्हान गरेको टेन्डरमा ५८ लाख ५७ हजार लुटेर फरार भएको बुझिएको छ ।
प्रहरीको गुन्डा सूचीमा सगुन
सिन्धुपाल्चोकमा केही नेताको आडमा सगुन श्रेष्ठको समुहले आतंक मच्चाइरहेको भन्दै प्रहरीले निगरानी बढाएको छ । सुरुमा माओवादीको आशिर्वादामा हुर्किएका सगुनलाई अहिले सिन्धुपाल्चोका चल्ताफुर्ता नेपाली का“ग्रेसका नेता मोहन बस्नेतको संरक्षण रहेको प्रहरी स्रोतको दाबी छ । उनि पटक पटक अपहरण पछि अशुली लगाएतको आरोपमा जेल समेत परिसकेका छन् ।
अहिले पनि उनिमाथि राजनीतिक आडमा निर्माण व्यावसायीहरूलाई धम्की दिएर प्रत्येक ठेक्काबाट २ देखि ३ प्रतिशतसम्म रकम लिने, जलबिरे, बराम्चीलगायतमा सञ्चालित विभिन्न जलविद्युत आयोजना, विकास निर्माणका कार्यहरू अवरोध गरेर रकम असुल्ने लगाएतको आरोप लाग्दै आएको छ । उनले विभिन्न व्यक्तिलाई दुख दिएपनि उनिहरुले त्रास कै कारण खुलेर प्रहरीलाई उजुरी दिन समेत सकेका छैनन । उजुरी नभएका कारण पक्राउ नगरेपनि उनको गतिविधि भने सुक्ष्म रुपमा हेरिरहेको प्रहरीले बताएको छ ।

 

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार