Friday April 19, 2024 | |

कोरोना भाइरसको नयाँ लक्षणः ‘नङको रङमा परिवर्तन आउनु’

featured-news

एजेन्सी – कोरोना भाइरका विषयमा अझै पनि विभिन्न अध्ययनहरु भइरहेका छन् । अध्ययनकै क्रमममा नङको रङमा परिवर्तन आउनुलाई कोरोना भाइरसको नयाँ लक्षण भएको देखिएको छ ।

युनिभर्सिटी अफ इस्ट एनग्लियाका वैज्ञानिकले गरेको अध्ययन अनुसार नङको रङमा परिवर्तन आउनु पनि कोरोना संक्रमणको लक्षण हुन सक्ने देखिएको हो ।

अहिलेसम्म ज्वरो, खोकी, थकान तथा गन्ध, स्वाद थाहा नपाउनुलाई कोरोना संक्रमणका लक्षण देखिँदै आएको थियो । तर पछिल्लो समय बैज्ञानिकहरुले नङको रङमा परिवर्तन आउनुलाई पनि कोरोना भाइरसको लक्षण भनेका छन् ।

उनीहरुले यसलाई ‘कोरोना नेल’ नाम दिएका छन् । यद्यपी यस्तो लक्षण कति दिनसम्म रहन्छ भनेर यकिन तथ्यांक रिपोर्ट आइनसकेको उनीहरुले बताएका छन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार