Thursday April 25, 2024 | |

चोर्न नसके पछि पत्र लेखेर माफी

featured-news

रौतहट — चन्द्रपुर ४ का एक व्यापारीको पसलको सटर शुक्रबार राति फुटाउन नसकेपछि चोरले माफी मागेको पत्र टाँसेर हिँडेको पाइएको छ । सादा कागजमा मजबुरी (बाध्यता) ले चोर्न आएको पत्र टाँसेर माफी मागेका छन् । पत्रको साथमा हथोडा, छेनी पनि छाडेका थिए । ब्यापारी कबिन्द्रनाथ गोपालीको होम ग्यालरीमा चोरी गर्ने उद्देश्यले चोरले सटर फुटाउने प्रयास गरेका थिए । गोपाली शुक्रबार बिहान ७ बजे पसलको सटर खोल्न पुगेका थिए । चन्द्रनिगाहपुर चोकबाट झण्डै सय मिटर दक्षिण मुख्य राजमार्गमा उनको होम ग्यालरी पसल छ । जहाँ मोबाइल, फर्निचर र विभिन्न इलेक्ट्रोनिक सामानहरू पाइन्छन् । गोपालीले बिहान पसलको अगाडिको बल्ब फुटाइएको अवस्थामा फेला पारे । उनको मनमा आशंका उब्जियो । पसल चोरी भयो भन्ने उनमा पर्‍यो ।

पछाडि गएर हेर्दा चोरले लेखेर छाडेको पत्र फेला पारे । जहाँबाट सटर फोडेर भित्र पस्ने दाउँमा चोर थियो । ग्यालरीको माथिल्लो तल्लामा भवन निर्माणको काम हुदै थियो । त्यसैका लागी बाँसको टेका लगाईएको थियो । त्यही टेकाको माध्यमबाट चोर माथि चढ्न सफल भएको देखिन्छ ।
चोर्नुअघि ग्यालरी बाहिर रहेको बल्ब फुटाउन चोरले निकै प्रयास गरेको सिसि क्यामेराको फुटेजमा देखिएको छ । पछाडी रहेको सटर फोर्न थालेको फुटेज हेर्दा प्रहरी समेत आश्चर्यमा परेको छ । निकै तनाबमा उनले सटर फोर्न थालेका थिए । त्यस क्रममा चोर कहिले उठ्ने, कहिले शौचादी गर्न जाने र कहिले कपडा फुकाल्ने गरेको दृश्य सिसिक्यामेरामा कैद भएको छ ।
चोर एक्लै सटर फोर्न आएका थिए । चोरले यसरी पत्र लेखेको पहिलो पटक थाहा पाएको इलाका प्रहरी चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक सन्तोष पाठकले बताए । प्रहरीले सिसि फुटेज मार्फत चोरको खोजी गरिरहेको जनायो । पछिल्ला दिनहरूमा चन्द्रपुरमा चोरीका घटनाहरू बढेका छन् । एक महिना भित्र यस क्षेत्रमा मोटसाइकल, ट्रयाक्टर चोरीका घट्ना बढेको पाइएको छ । प्रहरीले राति गस्ती बढाउनुपर्ने स्थानीयले माग गरेका छन् । kantipur

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार