Wednesday April 24, 2024 | |

मिठाइमा मन्द विष, नियमन निकाय मुकदर्शक

featured-news

भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार अखाद्य पदार्थ बिक्रीवितरण गरेमा तथा झुक्याएर गुणस्तरहीन खाद्य पदार्थ बेचेमा ५ बर्ष कैद वा ५० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।  ऐनको दफा १०८ मा झुक्याएर खाद्य पदार्थ बिक्री वितरण गर्न नहुने व्यवस्था गरिए पनि बजारमा चाडपर्व सुरु भएसंगै फस्टाएको मिठाईको कारोवार निकै अपारदर्शी छ ।

स्वच्छ र गुणस्तरीय खाद्यवस्तु उपभोग गर्न पाउनु नागरिकको मौलीक हक हो । तर नेपाली उपभोक्ताले मिठाईमा गम्भीर अव्यवस्था र दण्डहीनता भोग्नु परिरहेको छ । दूषित, न्यूनगुणस्तर र मिसावटयुक्त मिठाई बजारमा बिक्री–वितरण हुन रोकिएको छैन । हेर्दा राम्रो देखिने गरी सजाएर उपभोक्तालाई झुक्याउन पल्केका व्यापारीले मिठाई बनाउन प्रयोग गर्ने गुणस्तरहिन रंगले मानव स्वास्थ्यमा मन्दविषको काम गरिरहेको छ ।

मैदाको पिठो मिसाएर बनाइएका मिठाई खुलेआम खुवाको मूल्यमा बिक्री भइरहेको छ । त्यसमाथि पनि स्वास्थ्यमा गम्भीर असर पार्ने अखाद्य रङ र रसायन प्रयोग हुन्छ । चिकित्सकका अनुसार मिठाईमा प्रयोग भई रहेका रङ तथा कृतिम सुगन्धसंगै गुलियो बनाउन चिनीभन्दा सस्तो रसायन साकारिन प्रयोग हुने गरेको छ । मिठाईलाई आकर्षक बनाउन प्रयोग गरिने सुनचाँदीको जस्तो देखिने आल्मुनियमको तपकले शरिरमा गम्भीर समस्या पैदा गर्छ । पटक–पटक पुरानै तेलमा पकाईंन्छ र यस्ता मिठाई मन्दविष सहर हो ।

बजारमा महंगो मुल्यमा उपभोक्रालाई मन्दविष बेचिंदा समेत नियमन र नियन्त्रण गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग टुलुटुलु हेरेर बसेको छ । विभागका अधिकारीहरुका अनुसार थुप्रै मिठाई पसल दर्ता नै नगरी सञ्चालनमा रहेकाले कतिवटा पसलमा मिठाईको कारोवार हुन्छ भन्ने पनि यकीन छैन । मिठाई पसलमा विक्रि वितरणका लागि हुनुपर्ने सरसफाई सम्वन्धी पनि कुनै मापदण्ड छैन । मूल्यमा पनि मनपरि छ । मिठाईका व्यापारी उपभोक्ताप्रति जिम्मेवार नभई नाफामुखी भइरहेका छन् ।

मिठाईमा खुवाको खपत बढी हुन्छ । चाडपर्वमा खत्याधिक खपत हुने भएकाले खुवामा आरारोट, उसिनेको आलु र सुजी समेत मिसाइने गरेको छ । जस्ले पेटमा असर पर्ने, पेट दुख्ने, पखाला लाग्ने, अपच हुने, वान्ता आउने, हैजा लाग्ने हुन्छ । रंग मिश्रित वा दूषित घिउ तेलको प्रयोगले रक्तकोषीका विशाक्त भई शरीरमा रगत कम हुने समस्या भई रोगसँग लड्ने क्षमता घट्छ र भित्री अंग कमजोर भई दिर्घ रोग निम्तने खतरा हुन्छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार