Friday March 29, 2024 | |

फाइजरको ५० करोड खोप खरिद गरेर ९२ मुलुकलाई अनुदानमा दिँदै अमेरिका

featured-news

काठमाडौँ अमेरिकाले अर्को फाइजर कम्पनीले बनाएको कोरोना भाइरसविरूद्धको ५० करोड डोज खोप खरिद गरेर ९२ मुलुकलाई अनुदानमा दिने भएको छ ।

यो योजना आगामी वर्षसम्म कार्यान्वयन गरिसक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

यो वर्ष २० करोड डोज र अर्को वर्ष ३० करोड डोज खोप विश्वका कम आय स्रोत भएका र अफ्रिकी युनियनका मुलुकलाई दिने बाइडेनको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

आफ्नो पहिलो विदेश भ्रमणका क्रममा जी ७ सम्मेलनमा बेलायत जान लागेका बाइडेनले त्यहाँ यो घोषणा गर्ने तयारी गरेको ह्वाइट हाउसले जनाएको छ ।

अमेरिकामा अहिलेसम्म ६४ प्रतिशत नागरिकलाई कोरोनाविरूद्धको पहिलो खोप लगाइसकिएको छ । तर कतिपय मुलुकमा खोप नै नपुग्दा अमेरिकामाथि खोप उपलब्ध गराउन दबाब बढ्दो छ ।

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार