Friday April 19, 2024 | |

ए डिभिजन लिगको ट्रफी टुर अायोजना

featured-news

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक ए डिभिजन लिगको ट्रफी टुर आयोजना शुरु गरेको छ । त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले ट्रफी टुरको शुभारम्भ गरेका हुन् । २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रंगशाला पुनर्निर्माणकै चरणमा रहेकाबेला एन्फाले पहिलो पटक रंगशालामा औपचारिक कार्यक्रम गर्दै ट्रफी सार्वजनिक गरेको हो । ट्रफी सार्वजनिक सँगै उपत्यकाका विभिन्न सात स्कूलहरुमा प्रदर्शन गरिनेछ । ट्रफी टुर अन्र्तगत सोमबार विश्व निकेतनका विद्यार्थीहरु सहभागी भएका थिए ।

‘स्कोर अ गोल’ नाम दिइएको ट्रफी टूरमा नेपालका अन्तरराष्ट्रिय खेलाडी, प्रशिक्षक र सेलिब्रेटीहरुको समेत उपस्थिति थियो । यो टुर काठमाडौंका पाँच विद्यालय तथा ललितपुर र भक्तपुरको एक–एक स्थानमा गरी सात स्थानमा गरिने छ । ट्रफी टुरको शुभारम्भ गर्दै एन्फा अध्यक्ष शेर्पाले ग्रास रुटसम्म फुटबल पु¥याउन यो कार्यक्रम गरिएको जानकारी दिए ।

विद्यालय तहबाटै खेलाडीहरु उत्पादन हुने भएकाले उनीहरुमा फुटबलप्रति खेलभावना जगाउन ट्रफी टुरको परिकल्पना गरिएको पनि बताए । उनले बालबालिकाहरुलाई फुटबलमा लाग्दा भविष्यमा राम्रो खेलाडी बन्न सक्ने बताएका थिए । नेपाली टिमका कप्तान विराज महर्जनले पहिला नेपालीहरुले फिफाले विश्वकप ट्रपी टुर गरेको सम्झँदै एन्फाले गरेको यो कामको प्रशंसा गरेका थिए ।

पूर्व कप्तान उपेन्द्रमान सिंहले सानै उमेरदेखि फुटबलमा लाग्न प्रेरणा दिने उद्देश्यले एन्फाले ग्रासरुट कार्यक्रम सुरु गरेको जानकारी दिँदै यसले भविष्यमा राम्रो गर्ने बताए । लामो समयदेखि सुनसान रहेको दशरथ रंगशालामा सोमबार दिउँसो निकै चहलपहल बनेको थियो । एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन लिगको ट्रफी प्रदर्शन गर्दा यस्तो चहलपहल देखिएको हो । ०७२ सालको भूकम्पपछि दशरथ रंगशाला पहिलोपटक तामझामका साथ खुला गरिएको थियो । कार्यक्रममा एन्फा अध्यक्ष शेर्पा, लिग कमिटी संयोजक विज्ञानराज शर्मा, राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जन लगायत उपस्थित थिए ।

कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले विद्यार्थीहरुलाई फुटबलमा लाग्न सुझाए । अध्यक्ष शेर्पाले पूर्वाधारको कमी भए पनि आउने वर्ष राष्ट्रिय लिग र एन्फा पे्रसिडेन्ट लिग गर्ने उनले बताए । यही वर्ष पुरुष र महिलाको अन्तर्राष्ट्रिय टुर्नामेन्ट गर्ने जानकारी दिए । सहिद स्मारक लिगले स्थायित्व पाउने प्रतिवद्धता उनले व्यक्त गरे ।

पछिल्लो पटक मनाङ मस्र्याङदि क्लबले जितेको यस लिगको इतिहास पनि झन्डै ८५ वर्ष पुरानो छ । ९० सालको भूकम्पपछि रामजानकी ट्रफीको नामबाट शुरु भएको यस ट्रफी २००७ सालमा नेपाल पुलिसले पच गरेको थियो । प्रजातन्त्र स्थापनाका बेलामा दिवंगत भएका शहिदहरुको सम्झनामा यस ट्रफी अहिले शहिद स्मारक ए डिभिजन लिगले परिचित रहँदै आएको छ । आरसिटीले विसं २०२८, २०२९ र २०३० मा लगातार सहित स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जित्दै ट्रफी पचाएर हाल आफ्नो संग्रहालयमा उक्त ट्रफी सुरक्षित राखेको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार