Thursday March 28, 2024 | |

चाैतर्फी दबाबपछि सरकारले फिर्ता लियाे गुठी विधेयक

featured-news

काठमाण्डाै - चर्काे दबाबपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पत्रकार सम्मेलन गरेर सरकारले विधेयक फिर्ता लिएकाे जानकारी दिनुभएकाे हाे ।  

विधेयकलाई लिएर नागरिकमा भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरणलाई विथाेल्ने काेसिस भएकाले विधेयक फिर्ता लिने निर्णय गरेकाे मन्त्री अर्यालले बताउनुभयाे ।

नेपालकाे संविधानकाे धारा २९० अनुसार गुठीकाे मूलभूत मान्यता अनुरुप राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई व्यवस्थित गर्न भन्दै सरकारले वैशाख १६ गते राष्ट्रियसभामा विधेयक पेस गरेकाे थियाे । 

सरोकारवाला निकायको चर्को दबाबपछि सरकारले गुठीसम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको हो । धर्म संस्कृति परम्परा, सम्पदा नास हुने भन्दै विधेयककाे विरुद्धमा काठमाण्डाै उपत्यकाका नेवार समुदाय आन्दाेलित बनेका थिए । 

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौ उपत्यकामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसँग पनि विधेयकका सम्बन्धमा परामर्श गर्नु भएको थियो । आफ्नै पार्टीका सांसदहरुले पनि विधेयक फिर्ता लिनुपर्ने आवाज उठाएपछि सरकार विधेयक फिर्ता लिन बाध्य बनेकाे हाे । 

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार