Thursday March 28, 2024 | |

देश गम्भीर मोडमा छः प्रधानमन्त्री देउवा

featured-news

कैलाली । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश गम्भीर मोडमा उभिएको बताएका छन् । आइतबार धनगढीमा पाँच दलीय गठबन्धनमा आवद्ध दलहरूको सुदूरपश्चिमस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।

चुनावपछि देश कता जाने भन्ने गम्भीर मोडमा रहेको बताउँदै उनले नेपालको संविधान, गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन जरुरी रहेको बताए । २००७ सालदेखि लडाई लड्दै ल्याएको गणतन्त्र, संविधान बचाउनका लागि गठबन्धनलाई जिताउन जरुरी छ । जीतको सफलता सुदूरपश्चिमबाट मिल्ने अपेक्षा राख्ने उनले गठबन्धन दलका उम्मेदवारहरूलाई जिताउन समेत आह्वान गरेका हुन् ।

‘सुदूरपश्चिमका दाजुभाइहरुको सहयोगले गठबन्धनलाई पूर्ण रुपमा अघि बढाउँदै भोलिको राजनीतिमा गठबन्धनकै सरकार बन्ने र वर्चश्व कायम हुनेछ’, उनले भने, ‘संविधानको रक्षा र राष्ट्रिय एकताका लागि पनि सुदूरपश्चिमका दाजुभाइमा गठबन्धन जिताउन आग्रह छ ।’

‘संघीय शासन प्रणाली बचाउन सुदूरपश्चिमको एकता आवश्यकता छ । अहिले संविधान बचाउने र सक्नेबीच लडाइँ छ’, उनले भने, ‘अहिले संविधान सक्न र सत्ता गठबन्धनविरुद्ध राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति लागेका छन् ।’

देउवाले गठबन्धनका कारण धेरैले टिकट नपाएको बताउँदै कार्यकर्तालाई फकाउने प्रयास गरे । ‘धेरैले टिकट पाएका छैनन्, अन्याय भएको छ’, उनले भने, ‘गठबन्धन भएकाले कांग्रेसले सबै पद पाउँदैन नि १ सुदूरपश्चिमबाटै गठबन्धनको विजय पक्का हुनुपर्छ ।’ उनले मंसिरको चुनाव जिते देशदेखि विदेशसम्म नियुक्ति पाउने पनि आश्वास दिए । ‘हामीले जिते मात्रै धेरै ठाउँ प्राप्त हुन्छन् ।’

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार