Thursday April 25, 2024 | |

रमाईलो यौन संबन्धको लागी यी पाँच कुरा कहिल्यै नगर्नुस्

featured-news

हरेक जोडिलाई आफ्ना प्रत्येक यौन संबन्ध उत्कृष्ट एवं रमाईलो बनोस लाग्नु स्वभाविक हो । त्यसैले के गर्दा आफ्नो पाट्नरलाई खुशी बनाउन सकिन्छ र आफ्नो यौन जिवन सुमधुर बनाउन सकिन्छ भन्ने जिज्ञासा स्वभाविक रुपमा सबैमा हुने गर्छ । आज हामि यौन संबन्ध पुर्व के खानेकुरा नखानु उचित हुन्छ भन्ने बारे चर्चा गर्नेछौं ।

एलर्जीको औषधि नखाने
यौनअघि औषधि खानाले यौनरस कम निस्किन्छ, जसले सेक्सलाई पीडादायक बनाउँछ। एलर्जीको औषधि लिने गर्नुभएको छ भने सेक्सको मज्जा लिइसकेपछि मात्रै लिने गर्नुस्।

मसलायुक्त खाना
मसलायुक्त खानाले पेट ढुस्स हुन्छ। ढुस्स पेट लिएर यौनमा उत्साहजनक रूपमा सरिक हुन सकिँदैन। त्यही भएर हल्का खाना खाएर यौनमा सरिक हुनुपर्छ। मसालेदार खानाले योनीमा नराम्रो गन्ध सिर्जनासमेत गराउने विभिन्न अनुसन्धानले देखाएका छन्।

बढी मदिरा नखाने
हल्का मदिरा खाँदा मुडमा आउन सजिलो हुन्छ। तर, बढी खानुभयो भने यसले ओछ्यानमा तपाईंको क्षमता घटाइदिन्छ।

सेभ नगर्ने
सेक्स पार्टनरलाई आकर्षित गर्न महिलाहरूले सेक्सअघि हात, खुट्टा, योनी आदिका रौँ खौरिने गर्छन्। तर, सेक्स गर्नुभन्दा एक दिनअघि यस्तो सेभ गर्नुभयो भने सेभका कारण उत्पन्न एलर्जी र लागेको घाउ भोलिसम्म निको भइसकेको हुन्छ।

लसुन–प्याज नखाने
काँचो लसुन–प्याज खाँदा मुख गनाउँछ। गनाउने मुखले सेक्सका क्रममा उत्तेजना र रोमाञ्चक अनुभूति घटाइदिन्छ। त्यही भएर लसुन–प्याज खाएर सेक्स गर्न नजाने। खाइहालेमा ल्वाङ, सुकुमेल आदि चपाउने गर्नुपर्छ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार