Thursday April 25, 2024 | |

दशैँको मुखमा आएर सरकारले गर्‍यो १० प्रतिशत भाडावृद्धि

featured-news

काठमाडौं । सरकार र यातायात व्यवसायी महासंघबीच यातायात भाडामा १० प्रतिशत वृद्धि गर्ने सहमति भएको छ । सरकार र संघको बैठकले यातायात भाडा वृद्धि गर्ने र अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको हो ।

असोज ५ गतेदेखि खोल्ने भनिएको दशैँको अग्रिम टिकट बुकिङ व्यवसायीले इन्धनको मूल्यवृद्धि र भाडा समायोजनको समस्या देखाएर रोकेका थिए । केही समयअघि मात्र नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि मूल्यवृद्धिको विरोधमा व्यवसायी उत्रिएका थिए ।

दशैँको मुखैमा व्यवसायीले भाडा वृद्धिको माग राखेर आन्दोलनमा उत्रिएपछि सर्वसाधारण जनलाई सास्ती हुने भन्दै सरकार भाडा बढाउन बाध्य भएको छ । अन्य कर तथा महंगीले जनताको ढाड सेकिएका बेला दशैँको मुखैमा सवारी भाडा वृद्धि हुँदा जनता थप मारमा पर्ने निश्चित छ ।

भाडा बढाउने विषयमा सरकार व्यवसायीसँग झुकेसँगै आम सर्वसाधारणले सरकार पनि व्यवसायीकै पक्षमा रहेको आरोप लगाएका छन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार