Friday March 29, 2024 | |

अमेरिकाको भर्जिनियामा अन्धाधुन्द गोली प्रहार, ११ को मृत्यु

featured-news

काठमाडौं– अमेरिकामा भएको गोलाबारीमा ११ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार अमेरिकाको भर्जिनिया राज्यस्थित एक सरकारी भवनमा यस्तो घटना भएको हो ।

एक व्यक्तिले अन्धाधुन्द गोली प्रहार भएको बताएपनि घटना कसले घटाएको भन्नेबारे यकिन पुष्टि नभएको प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

प्रहरीले कसले गोली चलाएको भन्ने सार्वजनिक नगरेपछि बन्दुकधारीको मृत्यु भएको जनाएको छ ।

यो घटना स्थानीय समय अनुसार शुक्रबार साँझ भएको हो ।

यो घटनाले स्थानीयबासी त्रसित भएको भर्जिनियाका गवर्नर राल्फ नाँर्थमले बताए । घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार प्रति उनले समवेदना प्रकट गरेका छन् । उनले चाँडै घटनास्थल पुगेर घटनाको बारेमा जानकारी दिने बताएका थिए ।

अमेरिकी सञ्चारमाध्यमले घटनास्थलमा एफबीआई पुगेको र घटनाबारे अनुसन्धान गर्न स्थानीय प्रशासनलाई सघाइरहेको छ ।

 
 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार