Thursday March 28, 2024 | |

गुण्डा नाइके सञ्जय लामा उर्फ झिंगेको कर्तुतः सुपारी दिएर खुकुरी प्रहार !

featured-news

काठमाडौं – गत असोज ७ गते सिन्धुपाल्चोक जिल्लको जुगल गाउँपालिका–३ स्थित गुम्बा गाउँमा स्थानीय पासलाल तामाङमाथि नातामा ज्वाईं पर्ने व्यक्तिले खुकुरी प्रहार गरे । खुकुरी प्रहारबाट गम्भिर घाइते पासलाल तामाङलाई हेलिकप्टरबाट उद्धार गरी उपचार गरिएको थियो ।

बुधरबार मात्र घटना घटाएको अभियोगमा प्रहरीले आयुस तामाङलाई काठमाडौं गोकर्णेश्वरस्थित माँकलबारी पुलबाट पक्राउ गरि सिन्धुलाल्चोक पुर्याएको छ । तामाङले आफूलाई सिन्धुपाल्चोककै गुण्डा नाइके सञ्जय लामा उर्फ ‘झिंगे’ले सुपारी दिएर खुकुरी प्रहार गर्न लगाएको स्किार गरे ।

घटना लगतै फरार भएका आयुसले आफुलाई संजय लामा उर्फ ‘झिंगे’ले सुपारी दिएर कुटपिट गर्न लगाएको बताउदैं भने, पासलालको आँखामा खोर्सानी छर्केर अचेत हुनेगरी कुटे ।

आयुसले घाईतेका आफन्तसँगको भिडियो कुराकानीमा घटना आफुले घटाएपनि त्यसको योजनाकार संजय लामानै रहेको बताएका थिए । स्रोतका अनुसार फरार रहेका आयुसलाई संजय लामालेनै संरक्षण दिएर राखेका थिए ।

काठमाडौंको बौद्ध तथा जोरपाटी क्षेत्रमा गुण्डागर्दीमा लागेका लामालाई प्रहरीले कारवाही गर्न थालेपछि उनी भूमिगत भएका थिए । त्यसपछि उनी सिन्धुपाल्चोकलाई सेल्टर बनाएर हाईड्रो तथा क्रसरमा लगानी गर्दै आएका छन् ।

गुण्डागर्दीबाट आर्जेको रकमलाई उनले सोही काममा प्रयोग गर्ने गरेको उनैका सहकर्मीहरुले बताउछन्। स्थानीय क्षेत्रमा संजयले आफ्नो गण बनाएर गुण्डागर्दी थालेपछि स्थानीयले बिरोध गर्दैै आएका छन्। त्यसैको झोकमा लामाले पासलालमाथी आक्रमण गर्न लगाएका थिए।

यसो भन्छन घाइते पासलाल

म सामान किनेर घर फर्कदै थिएँ । अनि नातामा ज्वाँइ पर्ने व्यक्तिले भेटेर केही समय कुराकानी भयो । कुराकानीकै क्रममा मेरो आँखामा खुर्सानीको धुलो हालियो । अनि म माथि खुकुरी प्रहार भयो । केहिबेर म बेहोस थिए । बिउँझिदा काठमाडौंको अस्पतालमा रहेछु ।

खुकुरी प्रहार पछि हेलिकप्टर चार्टर देखि अस्पताल खर्च समेत आफैंले बेहोर्नु पर्यो । अहिले न्यायको लागि हिडिरहेको छु उनले भने । यस बिषयमा सञ्जय लामा उर्फ झिंगेसँग बुझ्न खोज्दा फोन सम्पर्क हुन सकेन ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार