Saturday April 20, 2024 | |

प्रभु बैंकले सुरु गर्‍यो सात वटा भन्सार कार्यालयबाट बैंकिङ्ग सेवा

featured-news

काठमाडौं । सात वटा भन्सार कार्यालयहरुमा बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्य सहित प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । नेपाल भारत सीमामा रहेका झापाको भद्रपुर, सुनसरीको कोशीब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सतिभन्सार कार्यालयहरुमा बैंकले बुधबार देखि एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याई सेवा प्रारम्भ गरेको हो ।

IMG20181204101925
भन्सार विभागका महानिर्देशक श्रीतोयम रायाज्यूबाट एक समारोह विच बैंकको जलेश्वर भन्सार राजश्व संकलन काउण्टर समुद्घाटन भयो । त्यसैगरी अन्यभन्सार कार्यालयका एक्स्टेनसन काउण्टरहरु सम्बन्धितभन्सार कार्यालयका प्रमुखज्यूहरुबाट समुद्घाटन भएको हो ।

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुनगई राजश्व संकलनको आंकाडामा वृद्धि हुनजाने तथा स्थानीय सेवाग्राहीतथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वित हुनेछन् । यसका साथै नेपाल सरकारको राजश्व संकलन प्रक्रियामा पनि टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार