Friday April 19, 2024 | |

टिकटक गर्ल

featured-news

टिकटक भिडियोमार्फत चर्चामा आएकी रेश्मा घिमिरेले एउटा फिल्म पनि खेलेकी थिइन् । म्युजिकल लभ स्टोरी भनिएको फिल्म ‘यो साइनो मायाको’ खासै चलेन । नर्सिङकी विद्यार्थी रेश्मा उक्त फिल्ममा त खासै जमिनन् बरु उनी सामाजिक सञ्चालबाट चम्किन् । उनी सामाजिक सञ्जालमा खुबै सक्रिय छिन् ।

टिकटक भिडियोका माध्यमबाट खुबै चर्चामा आएकी रेश्माका हजारौँ फ्यान छन् । इन्स्टाग्राममा पनि उनका १ लाखभन्दा बढी फलोअर छन् । उनले सामाजिक सञ्जालमा निरन्तर आफूलाई अपडेट राखिरहेकी हुन्छिन् ।

केही समयअघि उनले अभिनय गरेको म्युजिक भिडियो इन्स्टाको फोटो त ‘भाइरल’ नै भयो । तर पछि उक्त गीतलाई गायक कालीप्रसाद बास्कोटाले विदेशी गीतबाट चोरी गरेको भन्ने खुलेपछि गीतको चर्चा कम हुन थाल्यो ।

सामाजिक सञ्जालका माध्यमबाट आफूलाई सेलिब्रेटी बनाएकी रेश्माका केही तस्वीर हेरौँ:

 
 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार