Thursday April 25, 2024 | |

सगरमाथा टेलिभिजन १६औं वर्षमा प्रवेश

featured-news

काठमाडौं – नेपालको पहिलो न्यूज च्यानल सगरमाथा टेलिभिजन आजबाट १५ वर्ष पुरा गरी १६औं वर्षमा प्रवेश गरेको छ । टेलिभिजनले वि.सं. २०६४ असार २७ गते ‘तपाईको तेस्रो आँखा’ भन्ने नारासहित आफ्ने प्रशारण आरम्भ गरेको थियो ।

बार्षीकोत्सवमा आयोजित कार्याक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले सगरमाथा टेलिभिजनलले अन्य टेलिभिजनले भन्दा फरक ढंगले समाचार प्रशारण गर्ने गरेको बताएका छन् ।

सोमबार सगरमाथा टेलिभिजनको १५औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले सगरमाथा टेलिभिजनले प्रशारण गर्ने समाचारबाट कयौं अन्यायमा परेकाले समेत न्याय पाउने गरेको बताएका छन् ।

मन्त्री शर्माले लोकतन्त्र भन्ने कुरा संविधानमा लेखेर मात्रै आउने कुरा नभएको बताएका छन् । उनले मानिसको व्यवहार, सोच र चिन्तन जस्ता सबै कुरा लोकतान्त्रिक भए मात्रै लोकतन्त्रको अभ्यास भएको मानिने बताएका छन् । यस्तै उनले सूचनाको हकमा नेपाल धेरै देश भन्दा माथी रहेको समेत बताए ।

कार्यक्रममा सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले राष्ट्र निमार्णका लागि सबै जना मिलेर अघि बढ्नु पर्ने बताएका छन् । अध्यक्ष गुरुङले सगरमाथा टेलिभिजनले निरन्तर अन्याय र अत्याचारको विरुद्धमा कमल चलाउने प्रतिबद्धता जनाएका हुन् ।

सगरमाथा टेलिभिजन स्थापना काल देखनै स्वतन्त्र रुपले समाचार संप्रशण गर्दै आएको बताएका उनले भोलीका दिनमा पनि सगरमाथा टेलिभिजनले स्वतन्त्र रुपले नै समाचार सम्पे्रशण गर्ने प्रतिबद्धता जनाएका छन् । उनले सगरमाथा टेलिभिजन कहिलै पनि अरुको दबाब र करकापमान नपरि समाचार प्रशारण गर्ने प्रतिबद्दता जनाएका छन् ।

देशमा २०६२/६३ जनआन्दोलनको सफलतासँगै नेपालमा पहिलो पटक २०६४ असार २७ गते समाचारमुलक च्यानल सगरमाथा टेलिभिजनको स्थापना भएको हो । सगरमाथा टेलिभिजनको स्थापना काल भन्दा अघि नेपालमा एउटा पनि २४सै घण्टा समाचार प्रशारण गर्ने टेलिभिजननै थिएन । स्थापना भएको १५ वर्षको अवधिमा टेलिभिजनले विभिन्न आरोह अवरोह पार गर्दै यहाँँ सम्म आइपुगेको हो ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार