Thursday March 28, 2024 | |

मलेसियामा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउने नेपालीको संख्या ६ पुग्यो

featured-news

मलेसिया । मलेसियामा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउने नेपालीको संख्या ६ पुगेको छ । मलेसियास्थित नेपाली दूतावासले विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ६ पुगेको जनाएको छ ।

मृत्यु हुनेमा सञ्जय उराव, विशाल बुढाथोकी र मिमबहादुर घले रहेका छन् । बाँकी तीन जनाको नाम खुल्न बाँकी रहेको दूतावासले जनाएका छन् । विषाक्त मदिरा पिउँदा अरु १७ जना नेपाली बिरामी भएका छन् ।

उनीहरुको मलेसियाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयले विषाक्त मदिरा सेवनबाट मलेसियामा बिरामी पर्नेको संख्या ५१ पुगेको जनाएको छ ।

बिरामीमध्ये तीन जना मलेसियाली नागरिक छन् भने बाँकी नेपाल, म्यानमार, बंगलादेश र भारतका नागरिक छन् ।मलेसियाका स्वास्थ्य विभागका निर्देशक डाक्टर नूर हिशाम अब्दुल्लाहले अहिलेसम्म मृत्यु हुनेको संख्या १९ पुगेको र १४ जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार