Wednesday April 24, 2024 | |

बारामा स्वास्थ्य चौकीमै स्वास्थ्यकर्मीबिच विवाद, मारमा विरामी

featured-news

काठमाडौं – बारा निजगढ नगरपालिका–११ स्थित रतनपुर स्वास्थ्य चौंकी निर्माण भई सञ्चालनमा आएको दुई वर्ष वित्यो । रतनपुरले स्वास्थ्य चौंकी पाएपनि कर्मचारीहरुबिचको मनभेदका कारण स्वास्थ्य सेवा प्रभावित बनेको छ ।

सुरुका दिनमा किशोरी यादवले स्वास्थ्य चौकीको इन्चार्ज सम्हाल्दै आएकोमा करिब १ देखि इन्चार्जको जिम्मेवारी दिनेश परियारले सम्हालेसँगै स्वास्थ्यकर्मीबिच नै विवाद बढेको छ ।

दुई जना स्वास्थ्य कर्मचारी बिचको झगडाले उग्र रुपमा लिंदा स्वास्थ्य चौंकीको सम्पूर्ण सेवा नै प्रभावित बनेको छ । दुईजनाबिचको दिनहुँको झगडाले विरामीहरुलाई सेवा दिन नै समस्या भएको कर्मचारीहरु बताउँछन् ।

दुईजना बिचको झगडाले स्वास्थ्य सेवा प्रभावित बनेपछि केही कर्मचारीहरुले वडा कार्यालयमा उनिहरुविरुद्ध उजुरी समेत दिएका छन् । स्वास्थ्यकर्मीहरुको झगडाको कारण उपचारका लागि पुग्ने विरामी समेत आजित छन् ।

स्वास्थ्य चौकीका अहिलेका इन्चार्ज परियारले कर्मचारी तथा स्वास्थ्यकर्मीलाई असल ब्यवहार प्रर्दशन नगरेकै कारण समस्या सिर्जना भई रहेको पूर्वइन्चार्जको आरोप छ ।

यता आफुले स्वास्थ्य चौंकीको सेवालाई राम्रो गर्ने प्रयास गरिहेको भएपनि केही कर्मचारीअहरुले आफूमाथि गलत आरोप लगाएको इन्चार्ज दिनेश परियारको दाबी छ ।

अहिले समस्या समाधानका लागि ३ सदस्यीय छानविन समिति गठन भएको छ । छानविन समितिले अनुसन्धानपछि बास्तविकता बाहिर ल्याउला नै तर स्वास्थ्यकार्यालयमा मनपरी गर्ने छुट कसैलाई छैन ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार